धरान / धरान उपमहानगरपालिकका मेयर हर्कराज राई(साम्पाङ)सहितको स्वरमा बनाइएको हाइकिङ गित धरानमा सार्वजनिक गरिएको छ । 

सेवक अभियानले शुरु गरेको ‘स्वास्थ्यको लागि पदयात्रा’ अभियानलाई समेटिएर बनाइएको गित सार्वजनिक गरिएको हो । गितको रचना पदयात्राका अभियान्ता राजिव हलुवाईले रचना गर्नु भएको छ ।  

उक्त गीतमा चर्चित गायक गायिकाहरु राजेश पायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल््ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर हर्क साम्पाङले पनि स्वर दिनु भएको छ । गीतमा मनोज मोतेले संगीत भर्नु भएको छ ।

धरानका पाखापखेरीमा घुम्न प्रोत्सोहन गर्न धरानका पदयात्राका सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको छ ।  


 हलुवाईले धरानमा पदयात्रा सँस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउदैं आउनु भएको छ । स्वास्थ्यको लागि हिडौं भनेर उहाँले प्रत्येक शनिवार नयाँ नयाँ ठाउँमा समुह बनाएर पदयात्रा गदैं आउनु भएको छ । उहाँको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको संख्या ठूलो बनेको छ । पदयात्राको  अगुवाई गरेकाले यहाँ उहाँलाई ‘हाइकिङ बाबा’को नामले पनि परिचित हुनु हुन्छ । उनै हलवाईले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो । 

सिल्भर इन्टरटेन्टमेन्टको सहकार्यमा उक्त गित बनाइएको हो । गित सार्वजनिक कार्यक्रममा धरान ८ स्थित अनुपमा प्याकेजिंग उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसि चिया धरान पनि मेयर, उपमेयरलाई हस्तान्तरण गरिएको थियो ।