धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको ५६ वर्षको उमेरमा निधन भएको छ । 

डा रौनियारको आज बिहान १० बजे निधन भएको उाहाँको परिवारका निकट व्यक्तिले बताएका छन् । "वहाँको निधन भइसकेको हो । उहँ परिवारसहित कलकत्ता जानु भएकाे थियाे । मृत्युकाे कारण भने खुलेकाे छैन् ।

उहाँ रक्तचाप र मधुमेहकाे आैषधी खादै आउनु भएकाे थियाे ।

प्रतिष्ठानको उपकुलपति रहेकै समय  २०७६ साल असारमा अख्तियारको स्टिङ अप्रेसनमा भतिजा डा. रामहरी रौनियारसहित पक्राउ पक्राउ पर्नु भएकाे थियाे । फसाइएकाे भ्रष्टाचारको मुद्दाबाट गत जेठमा सफाइ पाउनु भएकाे थियाे । 

मुद्दा चलिरहेकै समयमा उनको उपकुलपति पदको कार्यकाल  गत  फागुनमै सकिएकोले  सफाइ पाए पनि उपकुलपतिमा पुनर्बहाली भने हुन पाउनु भएन । कार्यकाल पुरा गराउन उहाँले सर्वाेच्चमा रिट दायर गर्नु भएकाे थियाे ।

दुहबी नगरपालिका ५ घर भएका प्रा.डा. रौनियारको दाहसंस्कार भोलि बिहान ९ बजे सोही वडाको बुढी खोलास्थित आर्यघाटमा हुने बताइएकाे छ । उहाँकाे शव आज राती नै नेपाल ल्याइने उहाँका परिवारले जनाएका छन ।