काठमाडौं  /   नेपाली चलचित्र वृतको सरकारी संस्था चलचित्र विकास बोर्डको अध्यक्षको सिट खाली भएर दस जना नेपाली चलचित्र क्षेत्रका ब्यतित्वहरुले आवेदन फारम बुझाएसंगै अव नेतृत्वमा को आउने भन्ने चर्चावाजी शुरु भएको छ । 

राजनीतिक नियुक्ति समेत भएकोले सबैजना आ–आफ्नो हिसाबले दौडधुपमा लागेका छन् ।  सम्भवत यही साता भित्र चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष  पाउने छ ।   

चलचित्र विकास बोर्डको भावी अध्यक्षको रुपमा सबैभन्दा प्रवल दावेदारको रुपमा चर्चित नायक भुवन केसीको अहिले व्यापक चर्चा छ। केही समय अघि मात्र बरिष्ट कलाकार निर शाहको पहलमा उह्ाँ नेपाली कांग्रेश प्रवेश गर्नु भएको थियो । उहाँको पार्टी प्रवेशलाई त्यसबेला नै विकास बोर्डको नियुक्तिसँग जोडिएर चर्चा चलेको थियो । 

  यस अघि पनि चलचित्र विकास बोर्डको अध्यक्षको  पदको लागि एमाले प्रवेश गर्नु भएका केसी अहिले आएर कांग्रेश प्रवेश गर्नु र अहिलेको उहाँको भित्रि दौडधुप्ले प्रस्ट हुन्छ।  पदका लागि उहाँले पार्टीसमेत फेर्नु भएको छ । 

    भुवन केसीले  आफ्नो करिअरमा धेरै सफल फिल्म दिनु भएको छ । सम्झना, मायालु ,कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति,सुपरस्टार  उनका सफल फिल्मका सूची हुन्, जहाँ उनले उल्लेखनीय  अभिनय गरेका छन् र गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापित समेत  गर्नु भएको छ । तर आफ्नो स्टारडमको युगमा होस या आफ्नो छोरा  अनमोलको स्टारडमको युगमाहोस् उहाँ विवादरहित भन्ने रहन सक्नु भएन ।

२ बर्ष  अघि क्यानाडाबाट सामाजिक सञ्जालको स्कृनशट शेयर गर्दै  श्रीमति (नाम गोप्य राखिएको) भुवनको विरुद्ध मि टु अभियान चलाउनु भयो । फेसबुक भिडियो मै आफैले बोलेर केसीको बदनियत र दुर्व्यवहार बारे खुलेरै अघि आउनु भयो । त्यो भिडियो अझै डिजिटल प्लेटफर्ममा हेर्न सकिन्छ। उहाँले आफ्नो भिडियो र भुवनसंग भएको मेसेन्जर वार्ता त्यतिखेर सार्वजनिक गरिन् जतिबेला भुवनलाई उनैले आफ्नो छोराको लागि निर्माण गरेको पहिलो चलचित्रकी शाह थरकी नायिकाले “ह्यारासमेन्ट”को अभियोग खुलेआम लगाउनु भएको थियो ।  जापानमा भएको अवार्ड कार्यक्रममा भुवन आफूसँग टाँसिन आएको पनि  उहाँले आरोप लगाउनु भएको थियो । पछि भुवन र नायिका दुवैले कानुनी बाटो रोजे । दुवैले जिल्ला अदालत काठमाडौंमा अलगअलग मुद्दा दर्ता गराएका थिए ।  

भुवन नेपालको एउटा राम्रो कलाकार हुन् । तर यहाँको करिअरमा पटक पटक युवती जोडिएर चर्चा परिचर्चा हुदैं आएको छ । 

अभिनेत्री सारंगा श्रेष्ठले कुनै बेला भनेकी थिइन्, ’यदि भुवन केसी फिल्मक्षेत्रमा थिएनन् भने धेरै अभिनेत्रीहरू कुमारी नै हुन्थे ।’ सारंगाको उक्त अभिव्यक्ति फिल्मक्षेत्रमा लामो समय गसिपको विषय बन्यो । मिडियाले पनि भुवनलाई प्रश्न निकै गरेका थिए । 

आफु हेन्डसम र स्मार्ट भएका कारण केटीहरुपछि लागेको उहाँले जवाफ दिदैं आउनु भएको थियो ।  

अभिनेत्री जिया केसीसँगको सम्बनधको पनि भुवन जोडिनु भएको छ ।  अभिनेत्री सुस्मिता केसीसँगको वैवाहिक सम्बन्धलाई टुंग्याएका भुवनले अहिले जियाको साथ भएको बताइन्छ ।  यी त भुवनका चर्चित बनेका लफडा हुन् । यीबाहेक सुटिङ सेटमा प्रोडक्सन म्यानेजरलाई हातपात गरेकोदेखि होटलको बिल नतिरेकोसम्म थुप्रै किस्सा भुवनको नाममा छन् । 

धेरै विवादमा मुछिनु भएका भुवनलाई सरकारले् कसरी चलचित्र विकाश बोर्डको अध्यक्ष बनाउला ? यो पनि निकै चर्चाको विषय बनेको छ ।  यति बेला बोर्डमा जानलाई पुराना कलाकार दिपक श्रेष्ठदेखि नयाँ कलाकारहरु लाइनमा हुनुहुन्छ । बाज िकस्ले मार्ने भन्ने हेर्न बाँकी छ ।