धरान  / धरानमा  भिआइपिहरुको सेवा सुबिधा खारेजी देखिलिएर, मूल्य वृद्धि नियन्त्रण र पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेजकिो काग गदैं आन्दोलन शुरु गरिएको छ । 

सुकुम्बासीहरुको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरुको सेवासुबिधा खारेजीको माग राखेर आन्दोलन सुरु गरेको हो । 

समाजका अगुवाहरु नियमित धरानको भानुचोक पुगेर प्लेकार्ड सहित खवरदारी गरिरहेका छन् । उनीहरुले नेपाललाई श्रीलंकाजस्तो नवनाउनसमेत खवरदारी गरेका छन् । 

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा धरानका भुमिहिन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन बिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गदैं आएका हुन । आज पाँचौ दिन पनि धर्ना जारी राखेका छन् । 

May be an image of 10 people, people standing and outdoors