काठमाडौं / राई इज किङको नामले समेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री  गायक ,संगीतकार ,रचनाकार तथा  कलाकार मुरलिधरको कालजयी गीत  ’तिमिलाई रोजे ’ आफ्नो स्वरमा रि–रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गरिने भएको छ । 

   रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीत पछी गायक पायलले ‘बैगुनी रैछौ मायालु ’ अल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गर्नु भएको थियो । पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो  आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङमा  परेको थियो । 

 बुधवार गुरुपुर्णिमाको  अवसरमा पारी  लिजेण्ड्री मुरलिधर र गायक राजेश पायल राई बिच उक्त गीतलाई पुन नयाँ  साज सज्जाका साथ पुन(रेकर्ड गरी चांडै रिलिज गरिने आपसी समझदारी भएको छ । राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य् गर्ने सहमति भएको छ ।  राजेश  नेपाली संगीतको एक दरिलो खम्बा हो । उहाँसँग मेरो सदैब सहकार्य्  रहिरहने र हामी दुईको हरेक सांगितीक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने गायक तथा संगीतकार मुरलिधरले बताउँनु भयो ।  त्यस्तै प्रशन्न मुद्रामा गायक  राजेशपायल राई भन्नुहुन्छ –‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यस्को नयाँ भर्शनको लागि मुरलिधर दा सँगको पुन सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यस्लाई पहिला भन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न् म कतिबद्ध रहनेछु ।’