विराटनगर / नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व संचारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका आफू प्रक्रियामा जान तयार रहेको बताएका छन् । विराटनगरमा आइतबार संचारकर्मीसंगको भेटमा राईले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताए । ‘यदी प्रदेशमै प्रक्रियाबाट संसदिय दलको नेता चयन गरेर मुख्य मन्त्री बनाउने हो भने पनि म पछि हट्दीन ।’–उनले भने । प्रदेश नम्बर १ को मुख्य मन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जितेका राईले यस क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको दावी गरेका छन् ।
पत्रकारहरुसंग माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार बनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अव संसदिय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने बताए । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । संसदिय दलको नेतालाई मुख्य मन्त्री चयन गर्ने प्रब्धान भएकाले पनि मुख्य मन्त्री हुनु अघि संसदिय दलको नेता हुनु पर्छ । प्रदेश नम्बर १ मा पार्टीका स्थायी समिति सदस्य एवं पार्टी सचिव भीम आचार्यले पनि मुख्य मन्त्रीको दावी गर्दै आएका छन् । उनले शनिबार मात्र राजधानीमा प्रेस चौतारी निकट पत्रकारहरुसँग छलफल गरेका थिए । आफू जसरी पनि प्रक्रियाबाट मुख्य मन्त्री बन्ने दावी गरे लगत्तै राईले विराटनगरमा पत्रकार माझ आफू पनि प्रक्रियाका लागि तयार रहेको घोषणा गरेका हुन् ।
एमाले श्रोतका अनुसार आचार्य निकट ३६ जना सदस्य रहेका छन् । बाँकी राई निकट रहेको बताईएको छ । केही असन्तुष्ट हुदा पनि ३१ जना माधव नेपाल पक्षमा रहेको बताइएको छ । यता राईले पनि बहुमत सदस्य आफुलाई मुख्य मन्त्रि बनाउन सहमत रहेको बताएका छन् । यसैबीच एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि प्रदेशको मुख्य मन्त्रीको दावी गर्दै लविङ सुरु गरेका छन् । उनी र आचार्य माधव नेपाल निकट हुन् भने राई ओली निकट हुन् । एमाले केन्द्रीय सदस्य तथा प्रदेश प्रचार संयोजक हिक्मत कार्की पनि आफुलाई मुख्य मन्त्रिको दावी गर्दे आएका छन् । उनी ओली निटक मानिन्छन् ।

याे पनि पढ्नुहाेस् ।

प्रदेश नं १ को मुख्यमन्त्रीको उम्मेदवार म हुँः एमाले सचिव आचार्य