धरान  / धरान–१३ स्थित साविक बाँझगरा ९ क को शहरी क्षेत्रको जग्गा सर्दु जलधार क्षेत्र भनि रोक्का रहेको जग्गा फुकुवाका लागि बनेको पहल समितिले मालपोत कार्यालय धरान र धरान उपमहानगरपालिकालाई ज्ञापन पत्र बुधmाएको छ । 

धरान उपमहानगर वडा नंं. १३ मापर्ने साविक बाँझगरा ९(क) को नक्सा अनुसार सर्दुजलाधार क्षेत्र बाहेकका पनि केही जग्गाहरु रोक्का रहेका छन् । जग्गा रोक्का हुदा स्थानीयवासी मारेमा परेको भन्दैं उक्त जग्गा फुकुवा गर्न तनि दिनको अन्टिमेटसहित ज्ञापन पत्र बुझाइएको हो । 

पहल सहितका संयोजक हरी कार्कीको संयोजकत्वमा विहीबार मालमोत प्रमुख र उपमहानगर प्रमुख हर्कराज राईलाई ज्ञापन पत्र बुझाइएको हो । 

ज्ञापन पत्रको इलाका प्रशासन, नापी कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला समन्वय समितिलगायतलाई समेत बोधार्थ दिइएको छ । 

जग्गा फुकुवा प्रक्रियाका लागि अभिलेख संकलन तथा संयुक्त हस्ताक्षर संकलनका लागि हरि कार्कीको संयोजकत्वमा ९ जनालाई वडा कार्यालय धरान–१३ ले जिम्मा दिइएको थियो । 

धरानको वडा नं ४, १३ र २०  मा पर्ने जग्गा जलधार क्षेत्रमा परेको र स्थानीयले किनबेच गरेकोले सरकारले उक्त क्षेत्रको जग्गा किनबेच रोक्का गरेको छ ।  १३ नं. वडाले शहरी क्षेत्रको जग्गा चाही फुकुवा गर्न माग गदैं आएको छ ।