युएई । युएईमा विभिन्न कारणले नेपालीहरुको मृत्यु भई लामो समयदेखि अलपत्र परेका नेपालीहरुको शव नेपाल पठाउने पहल शुरु भएको  छ ।

बषौं देखि यहाँ अलपत्र परेका शवहरु नेपालका मेडिकल  व्यवसायी दुर्गा प्रसाई र पााच बर्षदेखि दुवइमा व्यवसायी गदैं आएका युवा रिजवान आलमको पहलमा आफन्तहरुसम्म पठाउन थालिएको हो । दुतावास र उनीहरुको आफन्तसँगको समन्वय अभावमा विपन्न परिवारका व्यक्तिको शव बषौंदेखि नेपाल ल्याउन समस्या हुदैं आएको थियो । 

प्रसाईले त्यहाँ कार्यरत नेपलाीहरुको सहयोगमा पैसा अभावले शवनेपाल लान नसकेकाहरुको शव नेपाल पठाउन पहल थाल्नु भएको थियो । 

प्रसाईले युएईमा पनि मेडिकल कलेज खोल्ने तयारीका साथ युएईका सेखहरुसँग छलफल बढाएको बताइएको छ ।  व्यवसायीक काममा पुगेका प्रसाईले अलपत्र शव व्यवस्थापन गर्न दुतावाससँग पहल थालेको बताउनु भयो । पहिलो चरणमा १८ वटा शव नेपाल पठाउनलाई प्रक्रिया थालिएको छ । 

यस कामका लागि सुनसरीको दुहबी नगपालिका का रिजवान आलमले समन्वय गरिरहनु भएको छ । ५ वर्ष देखि  युएईमा बसेर ग्रुप इनभेस्टमेन्ट कम्पनी संचलान गदैं आउनु भएका आलम नेकपा एमाले प्रदेश कमिटी सदस्य रमजान अलिका छोरा हुन ।  युएईका राज परिवारका सदस्यहरु बिसेष गरी दुबई र अबुधबीसँगको सहकार्यमा विभिन्न क्षेत्रमा लगानी कोष उपलब्ध गराउने साथै परियोजना व्यवस्थापनको कार्यमा काम गर्दछन् । सामाजिक कार्यमा समेत सक्रिय आलमको  सरकारी तहमा राम्रो सम्पर्क रहेकोले यहाँ रहेका नेपालीहरुलाई हरेक क्षेत्रमा सहयोग गर्दै आएको दुवइमा कार्यरत रमेश विक्रम कार्कीले जानकारी दिनु भयो । 

उहाँका अनुसार एनआरएनका संयोजक भीम मल्ल ठकुरी, कमल जिसी, रिजवन आलम, विष्णु गिरी, लगायत युवाले शव निशुल्क शव पठाउन पहलगरिरहनु भएको छ । दुवईको विभिन्न स्थानमा ६ हजार भन्दा बढि कामदारहरु अलपत्र छन् । त्यहाँ काम गर्दा कसैको मृत्यु भएमा शव नेपाल ल्याउन कामदारका आफन्तले ३ देखि ४ लाखसम्म खर्च गर्नुपर्छ । फेरी त्यो प्रक्रिया पुरा गर्न पनि झन्झट छ । सामान्य परिवारका व्यक्तिले ३÷४ लाख खर्च गर्नसमेत नसक्दा कतिपयको शव दुवई मै अलपत्र पर्ने गरेको छ ।