धरान  / लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिका स्थित पूर्वकै पर्यटकीय रुपमा परिचित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार फलफुल र अन्य विरुवाहरु रोपेको छ ।

आमाह वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरि विरुवा रोपिएको हो । अमाह सिमसार धरानदेखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न.वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा आमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थललगायतको निर्माण गरेका छन ।      

       पर्यटकीय स्थलको रुपमा चर्चित रहेको अमाह सिमसार क्षेत्रमा परिवार संग घुम्न आउदा कुनै पनि जंङ्गली पशुपक्षीहरु नदेखे पछि स्थानियसंँ जिज्ञाशा राख्दा पशुपक्षीको आहार हुने वोट विरुवा नभएको कारण पशुपक्षी नदेखिएको वताए पछि लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समुहसँग सहकार्य गरि जंगली पशुपक्षीको आहारा हुने खालको फलफुलको विरुवा रोपिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशीले जानकारी दिनु भयो । 

 यसले नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पुग्ने उहाँले बताउनु भयो । वृक्षरोपन  कार्यक्रमका प्रमुख अतिथि डिस्टिक गभर्नर धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गर्नु भएको थियो । 

    अम्वक, अमला, तितिरी, शिरिस, सजिवनी, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत ३३ प्रजातिको विरुवा रोपिएको आयोजक लायन्स क्लव अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले वताउनु भयो ।  क्लवले गत विहिवार धरान १५ मा रहेको वमधारा खानेपानी मुहान संरक्षणका लागि सात सय वटा फलफुलका विरुवा रोपेको थियो । कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेषठ, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई , बराहक्षेत्र ५ न. वडाध्यक्ष रोहित काफ्ले , अमाह बन उपभोक्ता समूह अध्यक्ष भोजराज घले, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ , एमजेएफ लायन्स रेखा गुरुङ्ग, युवा समाजसेवी सम्राट श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । क्वल ले सामािजक उत्तर दायित्व अन्तर्गत  विभिन्य काम गर्दै आएकाे छ ।

तस्विरः  बिकाश चाम्लिङ राई