धरान / स्वच्छ पर्यावरणका लागि धरान–४ र १५ विचमा रहेको वमधारा परिसरमा ७ सय विभिन्न प्रजातीका बोट विरुवा रोपिएको छ । 

धरान सरोकार समाज, लायन्स क्लव अफ पन्चकन्याले बमधारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सामुदायिक सुरक्षा जालोको सहकार्यमा ७ सय फलफुल, तथा औषधीय गुण भएका विरुवा विहीबार रोपिएको हो । 

लायन्स क्लव अफ पन्चकन्याकी अध्यक्ष एकता श्रेष्ठका अनुसार अमला, तितरी, सजिवन, किम्बु, वेल, सरिफा, आँप, सिरिस, अशोक, नीम, खनिउ, बोटल व्रस, अर्जुन, पलास, रिठ्ठा, रक्तचन्दन, तेजपत्ता, पिपल, बास, अस्नालगायत २३ प्रजातीका विरुवा रोपिएको छ । 

कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सल्लाहाकार सरु जोशी श्रेष्ठ, सदस्य सम्राट श्रेष्ठ, नेपाल जेष्ठ नागरिक संघका अध्यक्ष सरला कायस्थ, लायन्स क्लव प्रदेश १ का डिस्टिीक्ट गवर्नर धिरज गुरुङ,  फष्ट लेडी लाइन्स रेखा गुरुङ, सरिता राई (गुरुङ), लायन्स क्लव पञ्चकन्याका सचिव शाेधाना गुरुङ, बालगृह महासंघ प्रदेश १ की अध्यक्ष नैनकला न्यौपाने, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, बमधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र दर्नाल, भेन्चर वेस्ट इनर्जीका मदन श्रेष्ठ, फाेटाे पत्रकार महास‌घ सुनसरी अध्यक्ष विकास राईलगायत एसपी आर्मी टेनिङ सेन्टरसहितका २ सय स्वमसेवकहरुले विरुवा रोप्नु भएको थियो । 

No description available.

May be an image of 9 people, people standing, tree and outdoors