सप्तरी जिल्ला अन्न भण्डारको जिल्लाको रुपमा परिचि छ । यहाँको धान उत्पादनले मुलुकका नागरिक आत्मनिर्भर हुदै आएका छन् । तर पछिल्लो समय धान उत्पादनमा ह्रास आउन थालेको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीको तथ्यांक अनुसार विगत ४ वर्षदेखि जिल्लामा लगातार धान उत्पादन घट्दो क्रममा छ । कुल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ५४ हजार ५ सय हेक्टरमा धान बाली लगाइएको थियो। यो तथ्याङ्कले सप्तरीको अन्न भण्डार नाम भेटिदै गएको संकेत गर्दछ ।
रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा ७ हजार हेक्टर जमिन बाँझै रहेको एउटा तथ्याङ्कले देखाएको छ । रोपाइँ भएको धानबालीसमेत साउनको दोश्रो र तेस्रो साताको बाढीले पुरेपछि कतिपय किसानले धानबाली उठाउनै पाएनन्।
सप्तरीको धान उत्पादनलाई बढाउन राज्यले पनि ध्यान पु¥याउनु पर्दछ । समस्यामा परेका कृषकहरुलाई राज्यले अनुदान तथा सहयोग उपलब्द गराउनु पर्दछ । कृषीमा आधुनिकरणका लागि विशेष ध्यान पु¥याउनु पर्दछ । कतिपय स्थानमा सिचाईको अभावले कृषकले भने जस्तो उत्पादन गर्न सकेका छैनन् । धान उत्पादनलाई बढाउन राज्यले सिचाईको ततकाल व्यवस्था गर्नु पर्दछ ।