धरान / धरान बास्केटबल संघ आयोजना तथा सुनसरी बास्केटबल संघ प्राविधिक सहयोगमा संपन्न भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टि–सर्ट सहयोग  गरेको छ ।

     कार्यक्रमका प्रमुख अतिथी धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले सोमवार प्रशिक्षक बिकाश चाम्लिङ राई र उहाँका सहयोगी प्रशिक्षक  हेमन्त राई , युगल लिम्ब, डा.आशा राई र दिवस राईलाई  टि–सर्ट प्रदान गर्नु भएको हो । 

धरान १२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ गते देखि  एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि बास्केटबल प्रशिक्षण भइरहेको छ ।  बास्केटबल खेल विकाश, खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले संघले करिव एक दशकदेखि प्रशिक्षण गदैं आएको छ । 

संघले खेलाडीहरुका लागि स्थानीय कलेजहरुमा निशुल्क छात्रावृत्तिको समेत व्यवस्था गदैं आएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।  धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने बताइएको छ । प्रशिक्षणमा ५० भन्दा बढिको सहभागिता रहेको छ ।