धरान /  सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा व्यवसायी विजय श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

असार २० गते भएको निर्वाचनमा अध्यक्षका दुईजना प्रत्याशी शिवराज श्रेष्ठ र पवन अग्रवाललाई पछि पार्दैै उहाँ विजयी हुनु भएको हो ।  आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित विजयले १२२५ मत प्राप्त गर्दा शिवराजले ६३६ मत मात्रै प्राप्त गर्नु भयो । यस्तै, पवन अग्रवालले ३३३ मत पाउनु भयो । उहाँका प्रतयासी भन्दा ५८९ मत बढि ल्याएर उहाँ विजयी हुनु भएको हो । विजयलाई नेपाली कांग्रेसको समर्थन थियो भने शिवराजलाई एमाले, माओवादी, जनता समाजवादी पार्टी र नेकपा एसको समर्थन थियो । पवन भने स्वतन्त्र रुपमा उठनु भएको थियो । अधिकृत डा।राजेन्द्र शर्माले दिएको जानकारी अनुसार २९६६ मतदाता रहेको संघमा २२७८ खसेको थियो । उद्योगतर्फ १४ सय र वाणिज्यतर्फ ७८२, वस्तुगततर्फ १९ र एशोसिएटतर्फ ७७ मत खसेको थियो ।

वस्तुगततर्फ रामस्वरुप शर्माले ११ र नारायण लिम्बूले १० मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, उद्योगतर्फ पीयुषराज आचार्य ५७८, प्रभाव खतिवडा ५३०, महेन्द्र प्रधान ५२१, विष्णु बराल ४९३ मत ल्याएर विजय श्रेष्ठ प्यानलै विजयी हुनु भयो । बस्तुगतमा शिवराज श्रेष्ठ प्यानलका लिम्बूब विजयी हुनु भएको हो । 

यता वाणिज्यतर्फ ८ पदका लागि १७ जनाले स्पर्धा गरेकोमा उपेन्द्र चाम्लिङले ६२२, किसन मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, नविन राजभण्डारीले ६७५ मत ल्याउँदै विजयी बन्नु भएको छ । यस्तै, वाणिज्यतर्फ नै मनोजकुमार अग्रवाल तोदीले ६१९, शैलेशकुमार आचार्य (प्रमोद) ले ६५१, शशी साहले ६७१ मत ल्याउँदै विजयी हुनु भएको छ ।  वाणिज्य महिला तर्फ वर्षा अग्रवालले ८०१ मत ल्याउँदै विजयी हुनु भयो । चाम्लिङ र राजभण्डारी शिवराज श्रेष्ठ प्यानलबाट विजयी हुनु भएको हो भने अन्य सबै विजय श्रेष्ठ प्यानलका हुन । 

एशोसियटतर्फबाट गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह, उद्योग महिलामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको थियो । । संघमा अध्यक्षसहित १८ जना निर्वाचित हुनेछन् भने ४ जना सदस्य मनोनित हुनेछन् । साथै, सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।

लोकतान्त्रिक प्यानल उम्मेदवारी दिएका उनले यसअघि विजय श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटासँग पराजित हुनु भएको थियो । उद्योग वाणिज्य संघका सदस्य हुँदै उद्योग सचिव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका उहाँ यस पटक बावगठबन्धनलाई पराजित गदैंं विजयी हुनु भएको छ । 

May be an image of text that says 'सुनसरी उद्योग वाणिज्य संघ धरान निर्वाचन उपसमिति २०७९ अध्यक्ष क्र.सं. पवन अग्रवाल विजय श्रेष्ठ शिवराज श्रेष्ठ जम्मा परिणाम ३३३ १२२५ विजयी ६३६ सुनसरी उदयोग वाणिज्य संघ धरान निर्वाचन उपसमिति २०७९ बस्तुगत सदस्य नाम क्र.स. २ 3 जम्मा अनिल ताम्ाकार नविनकुमार तामाइग नारायण लिम्बु रामस्वरुप शर्मा परिणाम ६ ९ १० विजयी ११ विजयी सुनसरी उदयोग वाणिज्य संघ धरान निर्वाचन उपसमिति २०७९ क्र.सं. उद्योग सदस्य नाम जम्मा 3 परिणाम २८४ चन्द्रप्रसाद बजगॉइ पीयूषराज आचार्य प्रभाव खतिवडा भोला श्रेष्ठ महेन्द्र प्रधान विष्णु बराल ५७८ विजयी ५३२ विजयी ३९४ ५२१ विजयी ४९३ विजयी'

No photo description available.