धरान  / हिजो सम्पन्न सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा बस्तुगत तर्फ नारायण लिम्बु र रामस्वरुप शर्मा विजयी हुनु भएको छ । 

प्रारम्भिक मत गणना अनुसार राम स्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत ल्याएर विजयी हुनु भएको हो । अविन तामाङ र अनिल तामा्रकारको क्रमशः ९ र ६ मत आएको निर्वाचन कार्यालयले जनाएको छ । विजयी भएका लिम्बु अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ प्यानलका हुन् भने शर्मा अर्का प्रत्यासी विजय श्रेष्ठ प्यानलका हुन् । दुई जनाको सदस्य कोटामा ४ जनाको उम्मेद्वारी परेको थियो ।  अन्य पदका लागि मत गनाणा जारी रहेको छ । 

हिजो भएको मतदानमा वस्तुगततर्फ मतदाता १८ भए पनि १९ मत खसेको थियो । त्यसबारेमा आज बिहान बैठक बसेर खसेको मतबाट एक मत छानेर नष्ट गर्ने र मतगणना शुरु गर्ने उम्मेद्वारहरुसहित बसेर सहमति गरिएको थियो ।