धरान   / धरानको खानेपानी व्यवस्थापन र स्वच्च र सफा धरान बनाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)को आवहन अनुसार सहयोग आउने क्रम जारी रहेको छ । 

खानेपानी र स्वच्छ धरान बनाउने अभियानमा मेयर साम्पाङलाई केन्द्र मोशन पिक्चर्सको टिमले सहयोग गरेको छ । उनीहरुले  २ लाख ८४ हजार बराबरको १०० मिटर काे १६० एमएमको पाइप र १५ थान डस्बिन हस्तान्तरण गरिएको छ । 

हङकङमा बस्दैं आउनु भएका केन्द्र लिम्बुको विशेष सक्रियतामा पाइप तथा डष्विन वितरण गरिएको हो । आइतबार  केन्द्र मोशन पिक्चर्सका सिइयो अर्विन लिम्बु,, गायक मीना सिंगक, सौरव श्रेष्ठ, विश्व लिम्बुलगायतको उपस्थितिमा पाइप हस्तान्तरण गरिएको थियो ।   उक्त पाइप खर्दुखोलाको पानी ल्याउनका लागि प्रयोग गरिने मेयर साम्पाङले बताउनु भयो । खर्दु खोलाबाट खानेपानी ट्याङकीसम्म पान िल्याउन ४५० मिटर दुरी रहेको छ । अरु ३५० मिटर पाइप व्यवस्थापन गरि चाढै खर्दु खोलाको पानी व्यवस्थापन गरिने उहाँले बताउनु भयो । 


मेयर साम्पाङले खानेपानी व्यवस्थापन तथा धरानलाई व्यवस्थित शहर बनाउन सार्वजनिक रुपमा सहयोगको लागि आव्हान गर्नु भएको थियो ।  उहाँको आव्हान अनुसार सहयोग आउने क्रम जारी रहेको छ । खानेपानी व्यवस्थापनका लागि स्थानीयले श्रमदान पनि गर्दै आउनु भएकाे छ ।