सुनसरी उदोग बाणिज्य संघको सोमबार धरानमा निर्वाचन हुदैंछ । निर्वाचनमा अधिकांश युवा व्यवसायीहरुले उम्मे्ेवारी दिनु भएको छ । अधिकांश युवा व्यवसायीहरुले संघलाई उद्योगी वयवसायीहरुको साझा संस्था बनाएर उहाँहरको समस्याहरु उठान गर्ने, छलफल गर्ने र समाधानका लागि पहल गर्ने थलोको रुपमा स्थापित गराउने प्रतिज्ञा गर्नु भएको छ । केही युवा व्यवसायीहरुको उम्मेद्वारीबारे यहाँ प्रस्तुत गरिएको छ ।

उद्योगी व्यवसायीका साना तर जटिल समस्या कार्याल समितिमा उठाउछु 


सुनसरी उद्योग बाणिजय संघ उद्योगी व्यवसायीहरुको साझा संस्था हो । यसले उनीहरुको समस्याको समाधान र पहल कदमी गर्नुपर्छ भन्ने मलाई लाग्छ । व्यवसायीहरुको अनेकौं समस्या छन् । ती समस्याहरु म कहाँमा पनि आउने गरेका छन् । संघमा पनि पुग्छन् । तर उनीहरुको समस्याबारे संघमा व्यापक वहस र छलफल हुन सकेको छैन् । उद्योगी व्यवसायीहरुका साना तर जटिल समस्याहरु कार्यसमितिमा मुद्वाको रुपमा लाने छु । उहाँहरुको समस्या छलफलको विषय बनाउने छु ।  व्यवसायीहरुको विलिङ, अनलाईन विजलिङ, माक्सेवारी विवरण, कर, भ्याट समस्यालगायतका विषय संघमा उठाउने छु । कतिपय साथीहरु संघमा चुनाव जितेर तीन बर्षसम्म सुतेर बस्ने र बैठक मै उपस्थित नै नहुने गुनासो सुनेको छु । त्यस्ता विकृत रोक्न मेरो उम्मेद्वारी हो । व्यवसायीहरुको आवाज संघ पुर्याएर समाधान गर्न मेरो कार्याकालमा सकिन वा अरु साथीहरुले वयवसायीका मुद्धामा साथ दिएनन् भने मेरो अर्को कार्याकालका लागि कदापी उम्मेद्वारी हुने छैन् । यो मेरो प्रतिवद्धता हो । 

संघमा आउने अनुदान सहयोग धरानको विकासमा लगाउँछौं 


म दुई कार्यकाल संघको सदस्य भएर काम गरे । एक कार्यकाल बुझ्दै गर्दा समय वित्यो । गिरीधारी सापकोटा अध्यक्ष भएको कार्यकालमा उहाँले हामीलाई डोर्याएर हिड्नु भयो । महासंघदेखि सरकारका विभिन्न निकायसँग सम्बन्ध र छलफलमा सहभागि गराउनु भयो । धरानको विकास र उद्योगी व्यवसायीको लागि केही गर्न सकिने रहेछ भन्ने बुझियो । महासंघले अनुदान दिो रहेछ । राजेन्द्र साहको पालामा रवर खेतीका लागि २ करोड अनुदान दिएको थियो तर धरानमा त्यो काम गर्न नसकेर नेपालगञ्ज गयो । अव यस्ता राम्रा काम यहाँका व्यवसायीहरु मिलेर धरान मै गर्नु पर्छ भन्ने सोचेर फेरी संघमा उम्मेद्वारी दिएको छु । यहाँबाट ठूलो योजनाहरुका काम गर्न सकिन्छ । त्यसका लागि मेरो पहल कदमी हुनेछ । अव युवा व्यवसायीहरुले नविन सोच र दीर्घकालिन योजनाका साथ उद्योग बाणिज्य संघ हाक्नु पर्छ भन्ने लागेरमैले उम्मेदारी दिएको छु । उर्जावान, डाइनामिक लिडर शिवराज श्रेष्ठको नेतृत्वमा संघलाई डिजिटल प्रणालीमा लैजाने हाम्रो अभियान छ । हामीले सामुहिक घोषणा पत्र बनाएका छौं । त्यो पूर्ण रुपमा कार्यन्वयन गर्ने छौं । संघमा म एक्लैले केहीगनृ सकिदैंन् । यो टिममा काम गर्ने संस्था हो । शिवराज श्रेष्ठको टिमले व्यवसायीको हकहित र उनीहरुको समस्याका समाधान गर्ने छ भन्ने विश्वास दिलाउन चाहान्छु । 

धरानको विरासत फर्काउनु छ


युवाहरु विदेश पलायन भएका छन् । भएकाहरु प्नि व्यपार व्यवसायमा लाग्न ेकुने वातावरण बनेको छेन् । उनीहरुलाई  व्यपार व्यवसायीमा सहभागि गराउने र स्थानिय युवाहरुलाई बिदेश पलायन हुन बाट रोक्ने मेरो प्रयास हुने छ । आफ्नै देशमा रोजगारीको वातावरण बनाउनको लागी मेरो उम्मेदवारी हो । धरानको कुनै बेलाको ब्यपारिक बिरासत फर्काउनका लागी  मेरो उम्मेदवारी हो । यस्तै आदीवासी जनजाती युवाहरुलाई अधिक भन्दा अधिक व्यपारीक चेतनाको विकास गराउदै सहभागीता गराउन म लागि पर्ने छु । 

राजस्व कार्यालय र व्यवसायी विच समन्वय गराउछु 


व्यवसायीहरु कर र राजस्व भन्ने वितिकै डराउनु हुन्छ । कर्मचारीहरुदेखि तर्सनु हुन्छ । राजस्व कार्यालय र उद्योगी व्यपारीहरुविच समन्वय गराउने मेरो पहिलो प्राथमिकता हुने छ । व्यवसायीहरुलाई करबारे सहजिकरणको वातावरण बनाउने छु । बस्तुगत व्यवसायीहरुसँग समन्वय गरि उहाँहरुको समस्याको समाधान गर्ने छु । युवाहरुलाई उद्योग व्यवसायमा आकर्षित गर्न पहल गर्ने छु । ठूलो, मmभौला र साना व्यापार व्यवसायीहरुको हकहितमा सधै समर्पित हुने छु ।

उत्पादनशील क्षेत्रमा लगानी गर्न वातावण तयार गर्नेछु 


उत्पादनशील क्षेत्रमा लगानी गर्न वातावण तयार गर्नेछु । लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका लागि मेरो पहल हुने छ ।  व्यवसायीहरको  त्यो समस्याको समाधान स्थानीय तहका सरकार, संघ र प्रदेश सरकारसँग समन्वय गर्ने छु ।  दिनानुदिन आकाशिंदो महंगीलाई नियन्त्रण गर्न व्यवसाय भित्रका समस्याहरुको खोजी गरिने छ । व्यवार व्यवसायका लागि सहजताको खोजी गरिने छ ।

उद्योगी व्यापारीहरुलाई करदाता कर शिक्षा प्रदान गरिने छ


साना तथा मझौला उद्योगी व्यापारीहरुलाई करदाता कर शिक्षा प्रदान गरिने छ । व्यवसायीहरुको बैक ऋणको ब्याजदर पुनारावलोकनका लागि महासंघसँग समन्वय गरेर छुटका लागि पहल गरिने छ ।देशमा उत्पादन भएका बस्तुको बजारिकरण र स्थानीय उद्योग व्यवसायलाई प्रोत्सोहन गर्ने वातावरण तयार गरिने छ ।