धरान / ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई इलका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । 

सुराकीको आधारमा शुक्रबार राती धरान–८ बाट मोरङको विराटनगर–१५ घर भएका ३६ बर्षीय मणीकुमार सिंह र भोजपुरको आमचोक घर भई धरान–१३ बस्दैं आएका २३ बर्षीय सुरेश श्रेष्ठ(सुवर्ण)लाई प्रतिवन्धित लागु औषधसहित पक्राउ गरिएको हो । श्रेष्ठका साथबाट १६५० थान स्पास्मो, १६२० थान ट्माडोल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर गजेन्द्र रायाले जानकारी दिनु भयो । 

उहाँका अनुसार मणीकुमारको साथबाट ब्राउन सुगर बरामद गरिएको छ । उनलाई राती ९ः३० बजे पक्राउ गरिएको हो । दुवैलाई विशेष सुराकका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले एक महिनादेखि धरानमा अभियान चलाउदैं आएको छ । प्रहरीले सादा पोषकमा परिचालन गरेर लागु औषध कारोवारीहरुलाई खोजी तिव्र बनाएको छ । ‘हामीले पक्राउ गर्न मात्र परिचालन गरेका छैनौं । दुव्र्यशनीमा फसेकाहरुलाई सम्झाउने र चेतना जगाउने काम पनि गरेका छौं ।’–इन्स्पेक्टर रायाले भन्नु भयो–‘धरानलाई लागुऔषध प्रयोगमुक्त शहर बनाउने हाम्रो अभियान छ । त्यसका लागि समुदायको पनि सहयोग चाहिन्छ । 

इलाका प्रहरी कार्यालय धरानले चालु आर्थिक बर्षमा ७५ जना व्यक्तिलाई विभिन्न लागुऔषधसहित पक्राउ गरेको छ । ती मध्ये ३६ जना प्रतिवन्धित औषधीसहित पक्राउ गरेर थप अनुसन्धानको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको छ ।