धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक विक्रिबाट आएको पैसा आमाचोक सरोकार समाज सुनसरीलाई हस्तानतरण गरिएको छ । 

विपन्न बालबालिकाहरुको उपचारमा सहयोग पुर्याउन समाजलाई शुक्रबार हस्तान्तरण गरिएको हाे ।  डा. अरुणकुमारले समाजका अध्यक्ष राजेन्द्र राईलाई रु ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । उक्त पैसा अति विपन्न परिवारका बालकालिकाको उपचारमा समस्या भएका बेला सहयोग गर्न संस्थालाई हस्तान्तरण गरिएको हो । अरु पैसा थपेर उपचार सहयोग कोष बनाउने योजना रहेको संस्थाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनु भयो । हस्तानतरण कार्यक्रममा आमाचोक गाउँपालिका भोजपुरका अध्यक्ष अशोक राई, कान्तिपुर दैनिकका शाइमान राई, पुस्तकका सम्पादक देवेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो । 

आमचोकमा जन्मिए सुनसरीमा बसोवास गर्नेहरुले ४ बर्ष अघि स्थापना गरिएको संस्थाले आमोचोक तथा  क्षेत्रबाट विपी प्रतिष्ठानमा उपचार गराउन आएका विपन्नहरुलाई सहयोग गदैं आएको छ । 

यस अघि धरान–१७ की जानुका विकलाई पुस्तक विक्रिबाटै रु पाँच हजार नगद सहयोग गरिएको पुस्तकका सम्पादक कार्कीले जानकारी दिनु भयो । डा. अरुणकुमारले लेखेको, पत्रकार देवेन्द्र कार्कीले सम्पादन गरेको उक्त पुस्तक ग्रामिण समुदायका बालबालिका तथा उनीहरुका अभिभावकहरुका लागि उपयोगी छ ।