धरान  / सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नो पक्षमा जित सुनिश्चितताका लागि उम्मेदवारहरुको भेटघाट र दौडधूप तीव्र गतिमा अघि बढिरहेको छ । 

शुक्रबार गठबन्धनका तर्फका उम्मेदवार शिवराज श्रेष्ठले धरान ८ का व्यवसायीलाई घरदैलो कार्यक्रम मार्फत आफ्नो प्यानलमा मतदान गर्न आह्वान गर्नुभएको छ । वडा नम्बर ८ र ९ का बजार क्षेत्रमा उम्मेदवार श्रेष्ठले मतदाता समक्ष पुगेर मतदान गर्न आग्रह गर्नु भएको थियो ।  

शुक्रबार साँझ नै स्थानीय  भवन निर्माण  व्यवसायी संघ सम्बद्ध व्यावसायीहरुसँग उम्मेदवार श्रेष्ठले छलफल गर्नु भएको छ ।  भेटघाटमा एजेण्डा र नेतृत्वका हिसाबले पनि उम्मेदवार श्रेष्ठ सक्षम रहेको व्यावसायीहरुले धारणा राख्नुभएको थियो ।  समर्थन  शिवराज श्रेष्ठलाई नै रहेको छलफलमा स्थानीय  भवन निर्माण  स्थानीय  भवन निर्माण  व्यवसायी संघका महासचिव  हरि कार्कीले बताउनु भएको थियो । 

 उनीहरुले श्रेष्ठ समूहको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय भवन निर्माण  व्यवसायीको हितमा ध्यान दिन आग्रह गर्नु भयो ।  

अध्यक्षका उम्मेदवार श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना निर्माण गरेको बताउनुभयो ।  

श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सार्नु भएको छ । 

‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिर्नु भएको छ। यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।  

यस्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिर्नुभएको छ । निर्वाचन आगामी असार २० गते हुदैं छ ।