धरान / धरान–१३ स्थित साविक बाँझगरा ९ क को शहरी क्षेत्रको जग्गा सर्दु जलधार क्षेत्र भनि रोक्का रहेको जग्गा फुकुवाका लागि वडा कार्यालयले पहल समिति गठन गरेको छ । 

उक्त प्रक्रियाका लागि अभिलेख संकलन तथा संयुक्त हस्ताक्षर संकलनका लागि हरि कार्कीको संयोजकत्वमा ९ जनालाई जिम्मा दिएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिनु भयो । 

समितिमा तारा तामाङ, उर्मिला परियार, खेमराज गुरुङ, राजु राई, गोकर्ण लिम्बु, सुमन महर्जन, सोयम श्रेष्ठ र बमबहादुर कटुवाल रहनु भएको छ ।  शहरी क्षेत्रका जग्गा मात्र फुकुवा गर्न पहल समिति बनाइएको हो ।  समितिले छलफल अगाडी बढाएको हरि कार्कीले जानकारी दिनु भयो । 

धरानको वडा नं. ४, १३ र २० नं. मा पर्ने जग्गा जलधार क्षेत्रमा परेको र स्थानीयले किनबेच गरेकोले सरकारले उक्त क्षेत्रको जग्गा किनबेच रोक्का गरेको छ ।  १३ नं. वडाले शहरी क्षेत्रको जग्गा चाही फुकुवा गर्न माग गदैं आएको छ । 

No photo description available.