धरान / यही असार २० गते हुन लागेको सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्वारी दिनु भएको छ । 

वर्तमान उपाध्यक्ष शिवराज श्रेष्ठ, विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेद्वारी दिनु भएको छ । तीन जना उम्मेद्वार भए पछि पूर्व अध्यक्षहरु प्नि विभाजित भएका छन् । अधिकांश पूर्व अध्यक्षहरुले शिवराज श्रेष्ठको पक्षमा लभिङ शुरु गरेका छन् । केही पूर्व अध्यक्षहरु विजय श्रेष्ठलाई साथ दिने भएका छन् । पवन अग्रवालको भने स्वतन्त्र उम्मेद्वारी रहेको छ । 

बामपन्थिहरुको साझा उम्मेद्वार शिवराज श्रेष्ठलाई पूर्व अध्यक्षहरु अशोक ताम्राकार, खजान्चीदास अग्रवाल, गौरीशंकर अग्रवाल, गिरिधारी सापकोटा, राजेन्द्र साहले साथ दनु भएको छ । उहाँहरुले शिवराज श्रेष्ठको टिमले व्यवसायीहरुको हित गर्ने बताउदैं आउनु भएको छ , विभिन्न संघ संस्थाको नेतृत्व गरेर सामाजिक, प्रशासनी र व्यवसायीक काममा खारिएका शिवराज श्रेष्ठले उद्योग बाणिजय संघको सफल नेतृत्व गर्न सक्ने निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाले बताउनु भयो । 

यता पूर्व अध्यक्ष गौरीशंकर अग्रवाल भन्नु हुन्छ–‘तीनै उम्मेद्वार सक्षम हुनु हुन्छ । जो गए पनि व्यवसायीहरुको हकहित पहिलो प्राथमिकता हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।’ शिवराज श्रेष्ठको टिमको एजेण्डा प्रभावकारी र व्यवसायीहरुको हकहितमा रहेको पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले बताउनु भयो ।  

श्रोतका अनुसार पूर्व अध्यक्ष मोहनकाजी शाक्य र सरोज श्रेष्ठले भने विजय श्रेष्ठको पक्षमा उभिनु भएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वारी दिनु भएको छ ।  

पूर्व अध्यक्ष पवन अग्रवाल भने दुवै पक्षका व्यवसायीहरुलाई हातमा लिएर नेतृत्व हत्याउने रणनीतिमा चुनावी मैदानमा हुनुहुन्छ । उहाँले प्रचार प्रसारलाई तिव्र बनाउनु भएको छ । अध्यक्ष हुदा आफुले राम्रो काम गरेकाले व्यवसायीहरु आफ्नो पक्षमा भएको उहाँको भनाई छ । संकटमा परेका उद्योगको उद्वार गर्ने, संघको सुद्धिकरणलगायतका उहाँले मुख्य एजेण्डा बनाउनु भएको छ ।  

यता शिवराज श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सार्नु भएको छ । 

विजय श्रेष्ठ समुहले आर्थिक क्रान्ति,उद्याृेगी व्यवसायीहरुको सम्बृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा बनाएको छ ।