धरान  / सुनसरी उद्योग वाणिज्य सङ्घको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । असार २० गते हुने निर्वाचनका लागि आइतबार ३ जना व्यवसायीहरुले मनोनयन दर्ता गर्नु भएको छ ।  

निर्वाचन समितिका संयोजक डा.राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराज श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ ।  विजय श्रेष्ठ गत कार्यकालमा गिरिधारी सापकोटासँग पराजित हुनु भएको थियो । एक कार्यालय उहाँले संघको सचिव, महासचिव हुदै‌ उपाध्यक्षा चलाउनु भएको छ । पवन अग्रवाल पूर्व अध्यक्ष हुनुहुन्छ ।

शिवराज श्रेष्ठ सदस्य हुदै‌ स‌घकाे हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ सहकारी अभियान्ता पनि हो । लामो सयमदेखि उद्योगी व्यवसायीहरुको हकहितमा काम गदैं आउनु भएका श्रेष्ठलाई नेकपा एमालेबाट समर्थन छ । उहाँलाई माआेवादी केन्द्र र नेकपा एसकाे पनि समर्थन रहेकाे छ । यता विजय श्रेष्ठलाई नेपाली काग्रेसको समर्थन रहेको छ ।  पवन अग्रवाल  भने स्वतन्त्र उम्मेदवार दिएको बताइएको छ ।  

एसोसिएट र एक जना महिला सदस्यहरु गरि  ४ जना सदस्य  निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहनु भएको छ । उद्योग महिलामा १ पदको लागि एक जना स्तुति श्रेष्ठको मात्र नाम मनोनयन दर्ता भएपछि उहाँ पनि सर्वसम्मत हुनु भएको निर्वाचन समितिले जनाएको छ । 

 वाणिज्य ८ पदका लागि २१ जनाले उम्मेद्वारी दिएका छन् । त्यस मध्य १२ जना एमालेको समर्थन छ ।   उद्योग तर्फ सदस्य ४ पदका लागि ८, वस्तुगत तर्फ २ पदका लागि ५ र  वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको छ । आइतबार दर्ता भएको उम्मेदवारी उपर दाबिविरोध र मनोनयन फिर्ता पछि १४ गते साढे ३ बजे अन्तिम नामावली प्रकाशित हुने छ ।  

No photo description available.

No photo description available.