धरान / ट्विन्स क्लव नेपालको छैटौँ वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम  मोरङको वेतना सिमसारमा भएको छ ।  शनिवार भएको कार्यक्रममा झापा ,मोरङ, सुनसरी र इलामका जुम्ल्याहा, तिम्ल्याहाहरु सहभागी भएका थिए । 

नेपालमा जुम्ल्याहा, तिम्ल्याहाहरुको पहिचान खोज्न, डाटा तयार पार्ने उद्देश्यले २०७३ असार ११ गते उक्त क्लवको स्थापना गरिएको थियो । 

सुनसरीबाट लक्ष्मण कटुवाल, गंगा जमुना कार्की, राम लक्ष्मण कार्की, गंगा जमुना कोइराला, गंगा जमुना भट्टराई, अनमोल, प्रेम बस्नेत र लक्ष्मी कार्कीको उपस्थिति रहेको थियो । मोरङबाट अजय दास, रेजिना, रेनिसा रेग्मी, जमुना मैनाली त्यसैगरी झापाबाट निता, निसा न्यौपाने, गंगा, जमुना बस्नेत, आस्मा, आस्था खतिवडा, रामप्रसाद, गंगाप्रसाद खतिवडा, दृष्टि,सृष्टि अधिकारी, अपेक्षा दाहाल र इलामबाट सोफिया कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धरानका लक्ष्मण कार्कीले मन्तव्य राख्दै क्लवलाई आधाकारीक रुपमा दर्ता गरेर लैजानु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै दमककी सृष्टि अधिकारीले पनि क्लव दर्ता गरेर सामाजिक कार्यमा जुट्न आग्रह गर्नु भएको थियो । बराहक्षेत्र सुनसरीका लक्ष्मण कटुवालले क्लवलाई वैधानिकता दिन सके स्थानिय सरकारसँग समन्वय गर्दैविभिन्न कार्यक्रमहरु संचालन गर्न बजेट विनियोजन गराउन सहज हुने बताउनु भयो । 

जुम्ल्याहा भेटघाटको आयोजना गरी एकअर्काबिच चिनजान गर्न पाएकोमा सबैले खुसी व्यक्त गरे। कार्यक्रमको संयोजन लक्ष्मण कटुवालले गर्नु भएको थियो ।