धरान / युएन वुवनको सहयोगमा टेवा नेपाल काठमाडौंले शहरका विपन्न, अपङ्गता र एकल परिवारका सदस्यहरुलाई राहत सामाग्री वितरण गरेको छ  ।

स्थानीय गृह श्रमिक महिला ढाका लघु उद्यम समाज नेपाल धरान–१५ को अगुवाईमा २१ जना विपन्न परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो । युएन वुमनकी परामर्शदाता तथा महिलाअधिकारकर्मी शरु जेशी श्रेष्ठको पहलमा उक्त राहत सामाग्री वितरण गरिएको थियो । 


प्रति परिवार २० हजार ९७४ रुपैया बरावरको खाद्यन्न, ग्यास चुलो, भाडावर्तन, औषधी, सरसफाई किट, विउविजन, मोवाइल सेट र डाटा कार्ड वितरण गरिएको छ । सुनसरी क्षेत्र नं. १ का संघीय सांसद मीन विश्वकर्मा, संविधान सभाका सदस्य किरणकुमार राई, १५ नं. वडाध्यक्ष नरेश इवाराम, महिलाअधिकार अभियान्ता  शरु जेशीलगायतको उपस्थितिमा वितरण गरिएको हो ।

असक्त, जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, एकल महिला तथा पुरुष भएका परिवारहरुलाई प्राथमिकतामा राखेर समाजको अगुवाईमा २३ परिवार छनौट गरिएको वडाध्यक्ष इवारामले जानकारी दिनु भयो । 

No description available.

जोशीका अनुसार २१ वटा जिल्लामा सामुदायिक सुरक्षा जालो निमार्ण भएका छन् । सो जालोमा आवद्ध जिल्लाका साझेदार संस्था मार्फत २३ स्थानमा राहत वितरण गरिएको छ । सबै स्थानमा वितरण गरिएको र इलाममा बाँकी रहेको उहाँले बताउनु भयो ।  ९२ लाख ४५ हजार ५ सय रुपैया बराबरको राहत वितरण गरिएको छ । धरानमा भएको राहत वितरण कार्यक्रममा स्थानीयको समस्याबारे पनि जानकारी लिइएको थियो । शहरको समाजमा परिवार समस्यामा पदैं आएको त्यहाँ उपस्थितहरुको गुनासोले झल्काएको थियो । श्रीमान्ले छाड्ने, श्रीमतिले छाड्ने, बालबच्चा विचल्नीमा परेर पढ्न नपाएको, वृद्धवृद्धाहरुलाई छोराछोरीहरुले नहेर्ने समस्या विकराल बन्दैं गएको पाइएको जोशीले बताउनु भयो । स्थानीयको गुनासो र समस्या नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनु भएका सांसद विश्वकर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य किरणकुमार राईलाई गरिएको थियो ।

कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, नेपाली हङकङ महासंघका पूर्व अध्यक्ष टंक राना नेपाल पत्रकार महासंघ प्रदेश १ सचिव देवेन्द्र कार्की, गृह श्रमिक महिला ढाका लघु उद्यम समाजकी अध्यक्ष प्रेमकुमारी राईलगायतको उपस्थिति रहेको थियो । 

No description available.