धरान  / अंग्रेजी माध्यमबाट पठनपाठन गरेर नीजी विद्यालयबाटसमेत विद्यार्थीहरु तान्न सफल     इटहरीस्थित जनता माविले कक्षा ११ मा विज्ञान विषय यस बर्षदेखि को अध्यापन शुरु गरेको छ ।

अंग्रेजी माध्यममा विज्ञान विषयमा अध्यापन गराउनको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था गरेर प्रवेश परीक्षाको लागि फर्म वितरण शुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिनु भयो । 

व्यवस्थापन, शिक्षा तथा मानवीकीका कक्षाहरु सञ्चालन भइरहेको यस विद्यालयमा वर्षदेखि विद्यालयले विद्यार्थीहरुको रुचीलाई ध्यानमा राख्दै विज्ञान विषयका कक्षासमेत शुरु गरेको हो । 

तत्काललाई दुई वटा सेक्सन शुरु गरिने भएको छ । प्रत्येक सेक्सनमा ४० जना विद्यार्थी रहनेछन् । विद्यार्थीले भर्ना हुनको लागि अन्य विषयहरुमा झै विज्ञान विषयमा पनि प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था मिलाएको छ ।  आवश्यक सबै पूर्वाधारहरु, ल्याबहरु सेट भइसकेको  विज्ञान विषयका संयोजक विकास अग्रवालले जानकारी दिनुभयो । 

सरकारी विद्यालयबाट पढेपछि विभिन्न सरकारी कोटा तथा छात्रवृत्तीमा सजिलो हुने  छात्रवृत्तीहरु हुने भएकोले जनता माविमा विज्ञान विषय पढ्नको लागि विद्यार्थीहरु अत्याधिक हुने भएकाले प्रवेश परीक्षा लिन लागिएको  विद्यालयका प्रधानाध्यपक पशुपती सिग्देलले जानकारी दिनु भयो । 

जनता माविले पछिल्लो समय भौतिक पूर्वाधार, शिक्षक नियुक्तिदेखि विद्यार्थीहरुको लागि विभिन्न सेवा सुविधा थप गर्दै लगेको छ । हाल २५ सय विद्यार्थीहरु रहेको यो विद्यालय प्रदेश एक कै नमुना विद्यालय हो । सरकारी विद्यालयहरु मध्य आवश्यक पूर्वाधारयुक्ति अग्रेजी नेपाली माध्यममा पढाई हुने एक मात्र विद्यालय हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार उत्कृष्ठ तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तीको व्यवस्था गरिएको छ । ‘उत्कृष्ठ शिक्षा लिन चाहने विपन्न वर्गलाई लक्षित गरेर हामीले विद्यालयलाई व्यवस्थित गर्दै लगेका छौं,’ दंगालले भन्नु भयो । –‘‘निजी विद्यालयमा राम्रो नतिजा ल्याएर पढिरहेका विद्यार्थी तथा अविभावकहरुको समेत रोजाईमा जनता स्कुल पर्न थालेको छ । सबैको भरोसा र आशा बढेकाले हामी अझ राम्रो बनाउन लागेका छौं ।’