धरान  / धरान उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठककुनै निणयमा नपुगि टुङगीएको छ । 

११ औँ नगरसभा असार १० गते राखिएकाले आज कार्यपालिका बैठक बसेको थियो । नगरसभामा लाने एजेण्डा पास गर्न बसेको बैठक कुनै निर्णय नै नगरि सकिएको छ । तर शुक्रबार हुने नगरसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रम भने  सर्वसम्मतरुपमा पारित भएको कार्यपालिका सदस्य दिनेश गजमेरले जानकारी दिनु भयो । 

सामाजिक विकास समितिकोबजेट र मेयर उपमेयर कोषको विषयमा लफडा भए पछि बैठक भाडिएको बताइएको छ । 

सामाजिक विकास समितिमा १ करोड बजेट छुट्याउने यस अघि सहमति भएको थियो । तर बैठकमा सिलिङमा ७५ लाखमात्र देखाए पछि समितिको संयोजक सृर्जना नेपालले २५ के भयो भनेर टेवल ठोक्नु भएको थियो । त्यस पछि टेवल ठोकाठोक भएको थियो । 

यस्तै  मेयर कोषमा १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख प्रस्ताव गरे पछि अधिकाशं कार्यपालिका सदस्यहरुले असहमति जनाएका थिए । मेयर कोष मात्र राख्नु पर्ने अठान लिए पछि मेयर उपमेयर बैठकबाट बाहिरिएका थिए । एमालेबाट निर्वाचित १८ जना कार्यपालिका सदस्यहरु पनि आन्तरिक छलफल गर्ने भन्दैं बाहिरिएका थिए । साँझसम्म स्वतन्त्रबाट निर्वाचितहरू, नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष र राप्रपाबाट निर्वाचित वडाध्यक्ष भने बैठक हलमा बसेका थिए । 

मेयर र उपमेयरका वडाहरु आफु निकटका व्यक्ति नभएकाले उनीहरुले मेयर उपमेयर कोष बनाउन चाहेका हुन । उक्त कोष मेयर उपमेयरले आफुखुशी खर्च गर्न पाउछन् । मेयर उपमेयरले आफु निटकका व्यक्तिलाई बाडेरबजेट दुरुपयोग हुने सम्भावना भएकाले विरोध कार्यपालिकामा विरोध भएको एक कार्यपालिका सदस्यले बताउनु भयो । 

नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरी नगर सभामा पेस गर्ने गरी बैठकले निर्णय गरिसकेकोले शुक्रवार धरान उपमहानगरपालिकाको ११ औँ नगर सभा हुने धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनु भयो । 

यता मेयर हर्कराज राई(साम्पाङ)ले बैठक भाँडिएर आफ्ना एजेण्डामा छलफल हुन नसकेको भनेर आफ्नो फेसवुक पेजमा सार्वजनिक गर्नु भएको छ । उहाँले आफना एजेण्डाहरु पनि बुँदागत रुपमा लेख्नु भएको छ । उहाँका अनुसार  यातायात नवीकरण कार्यालयको शाखा धरानमा माग्ने, हप्ताको शुक्रबार जातीय मौलिक पोशाष लगाएर विद्यार्थीहरु स्कुल जान पाउने वा सोको व्यवस्था गर्ने, राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्ने, सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने, । सहयोग गर्न चाहने दाताका लागि सरकारी खाता खोल्ने र चलाउने र  सर्दु जलाधारको बारेमा टुङ्गो लगाउने एजेण्डामा छलफल हुन नसकेको उल्लेख गर्नु भएको छ ।