Bijaypur Khabar
  • होम पेज
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • विचार/ब्लग
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • निर्वाचन विशेष
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • विचार/ब्लग
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • निर्वाचन विशेष
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

Gravatar 250 विजयपुर खवर संवाददाता
  • असार ८, २०७९
  • १३६ पटक पढिएको
136 Shares
alt

विराटनगर / प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताउनुभयो । प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताउनुभयो । प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापनपत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दज्र्यानी चिह्नसहित एउटै ढाँचाको पोशाकको व्यवस्था हुनुपर्ने माग गरिएको छ । प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ । मोरङका सात र झापाका ६ पालिकामा मात्र दमकलको सुविधा छ । मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका, झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र दमक नगरपालिका तथा कमल गाउँपालिकासित दमकल छ । 

सम्बन्धित समाचार
हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा नेपालका दुई धावक सहभागी हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा नेपालका दुई धावक सहभागी
धरानको जिरोपोइन्टमा बढ्दो दुर्घटना : दीर्घकालीन समाधान खोज्दै स्थानीय धरानको जिरोपोइन्टमा बढ्दो दुर्घटना : दीर्घकालीन समाधान खोज्दै स्थानीय
 सुनसरी–१ मा नेकपा एमाले चुनावमा होमियो सुनसरी–१ मा नेकपा एमाले चुनावमा होमियो
  • भर्खरै
  • लाेकप्रिय
हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा नेपालका दुई धावक सहभागी
धरानको जिरोपोइन्टमा बढ्दो दुर्घटना : दीर्घकालीन समाधान खोज्दै स्थानीय
सुनसरी–१ मा नेकपा एमाले चुनावमा होमियो
चेस पजल सोल्भिङमा २१ जनाको होड
सुनसरी–१ को गुमेको साख फर्काउने लक्ष्यसहित मेरो उम्मेदवारी हो– मनोज भट्टराई
भोजपुरको समृद्धिका लागि धरानमा विमर्श
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला
धरानले विमति गर्न नसक्ने सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राई
युएन–नवोदय कलेजद्वारा धराने मोमो सेवा सुरु
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic