विराटनगर /  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ विनियोजन गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट आज सार्वजनिक गर्नु भएको छ । 

मन्त्री आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाडफाडबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुनेछ । बजेटका लागि संघबाट प्राप्त हुने वितिय समानिकरण अनुदानबाट ९ अर्ब  ८२ लाख र ससार्त अनुदानबाट ८ अर्ब ६९ करोड,  समपुरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त अर्थमन्त्री आङ्बोले जानकारी दिनु भयो ।

प्रदेश १ सरकारले  निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बिनियोजन गरेको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । चुनावी सरकारले सरकारले  निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि पनि ९० करोड  नै विनियोजन गरेको हो ।

 प्रदेश सरकारले प्रदेश लोकमार्ग अन्तरगत समावेश भएका सडकहरुको काम आगामी वर्ष सक्नेगरी  पाँच अर्ब बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा घरेलु मदिरा ब्राण्डिङ गर्ने योजना पनि समावेश गरेको छ ।