धरान  / धरान उपमहानगरपालिका वडा नं. २ ले धरानको मुख्य बजार क्षेत्र भानुचोक, देशीलाईनलगायत क्षेत्रको सौन्दर्यकरण गर्न शुरु गरेको छ ।  

वडा नं. २ लाई नै उज्यालो वडा बनाउने अभियान अन्तर्गत वडाले भानुचोक क्षेत्रमा ठूलो पावरका बत्ति जडान गर्ने भएको छ । त्यसका लागि साढे ९ लाखबजेट छुट्याइएर काम शुर गरेको छ । 

चारैतिरबाट उज्यालो छिर्ने गरि भानुचोकमा २ सय वाटको ४ वटा एलइडी लाइट, बस स्टेन क्षेत्रमा ४ वटा हेलोजिन लाइट, ट्याक्सी स्टेनमा ६ वटा हेलोजिन लाइट, पहाडी क्षेत्रको वस स्टेनमा ३ वटा हेलोजिन लाइट लगाएर बजारलाई सौन्दर्यकरण गर्न लागिएको वडध्यक्ष रमेश राईले जानकारी दिनु भयो । 

वडामा नयाँ जनप्रतिनीधि आए पछि केही दिन अघि भएको जनप्रतिनीधिहरुको पहिलो बैठकले भानुचोकका भएको भानुभक्त आचार्यका सालिक वरिपरी कुनै किसिमका रानीतिक दलहरुको झण्डा राख्न नपाइने निर्णय गरेको छ । निर्णय कार्यन्वयनका लागि जिल्ला ट्राफिक प्रहरी र नगर प्रहरीलाई परिचालन गरिएको अध्यक्ष राईले जानकारी दिनु भयो ।

‘धरान प्रवेश गर्दा शुरुमा भानुचोक आउने गर्छन । भानुचोक प्रवेश गर्दा नै धरानको सौन्दर्य देखिएन भने पर्यटक धरानको अन्य स्थानमा घुम्न जाने आशा गर्न सकिदैंन् ।’–अध्यक्ष राईले भन्नु भयो–‘आहा धरान भन्ने हामी भानुचोकको सौन्दर्यकरण गरेर देखाउछौं । धरान घुम्न आउने पर्यटकहरुलाई आकर्षण गर्न भानुचोकको फोहोर, अव्यस्थित पार्किङ, यहाँको शौचालयको सफाई गर्ने काम शुरु गरेका छौं ।’

बैठकले भानुचोकको शौचालयलाई अपाङ्ग मैत्री बनाउने पनि निर्णय गरेको छ । भानुचोकको अस्तव्यस्त हटाएर, त्यहाँ बसेर गरिखाने समुहहरुलाई पनि उचित व्यवस्थापन गरिने अध्यक्ष राईले बताउनु भयो । भानुचोकलाई व्यवस्थित गरि उज्यालो क्षेत्र बनाएर सर्वसाारणलाई असर नहोस भनेर धुम्रपान गर्नेहरुका लागि छुट्टै स्मोकिङ जोन पनि बनाउने तयारी गरिएको छ । अव्यवस्थित रुपमा भएका विभिन्न तारहरुलाई व्यवस्थापन गर्ने काम शुरु भएको वडा सदस्य समिर राईले बताउनु भयो । त्रिभुवन पथ देखिलाईन क्षेत्रका तार व्यवस्थापन गरिएको उहाँले बताउनु भयो । इन्टरनेट तथा अन्य सेवा प्रदायक संस्थाहरुलाई बोलाएर सबै क्षेत्रको अव्यवस्थित तार व्यवस्थापन गरिने उहाँले बताउनु भयो । 

फोहोर व्यवस्थापनका लागि बजार क्षेत्रका प्रत्येक घरमा दुई प्रकारका फोहार हाल्ने डस्टविन राख्ने तयारी गरेको वडाध्यक्ष राईले जानकारी दिनु भयो । कुहिने र नकुहिने फोहोर छानेर व्यवस्थापन गर्न डस्टविन व्यवस्थापन गर्न लागेको हो ।

वडाले वडावासी जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता पनि घर घरमा पु¥याउन पहिलो बैठकले निर्णय गरेको छ । निर्वाचन ताकाको प्रतिवद्धता पुरा गर्न काम शुरु गरिएको अध्यक्ष राईले बताउनु भयो । वडाको काम चुस्तदुरुस्त राख्न वडा सदस्य समिर राई र सन्ध्या राईलाई प्रशासन तथा न्याय क्षेत्रको कामको जिम्मेवारी दिएको छ । खानेपानी व्यवस्थापन, विजुलीको लागि दिनेश अग्रवाललाई जिम्मेवारी दिइएको छ । बालबालिका र दलित उत्थानका लागि बुनु शंकरलाई जिम्मेवारी तोकिएको छ । अन्य काम अध्यक्ष राईको जिम्मेवारी परेको छ । 

यही जेठ १० गते पदस्थापन गरेर धरान २ को नेतृत्वले जनता सामु गरेको प्रतिवद्धता अनुसार काम शुरु गरेको नेकपा एमाले २ नं. वडा सचिव ज्ञानेन्द्र बस्नेतले जानकारी दिनु भयो ।  

५ सय ५० घर धुरी रहेको धरान २ को जनसंख्या  २ हजार ६४९ रहेको छ । ०. १७ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । 

Pancha Vismrit on Instagram: “This is Dharan Bhanu Chowk in 2016. Two  incidents happened there with me. First was about the pu… | Instagram  posts, Instagram, Travel