धरान / सयौ सर्वसाारणलाई मिटरव्याज लगाएर ठगी गरेर पैसा कमाएका  सप्तरीका मिटरब्याजी रामदेव साह(तेली) विगत ५ बर्षदेखि खोज्दैं पीडितहरु ९ पटकसम्म धरान पुगेका छन् । 

खडक नगरपालिकाको कल्याणपुर घर भएका ६७ वर्षीय रामदेवले डेढ दशकयता मिटरब्याजमा सर्वसाधारणबाट करोडौँ असुल गरेर बसाईसरी धरान पुगे पछि खोज्दै. पीडितहरु धरान धाउदैं आएका हुन । साँवाको ६ गुना सम्म रकम उठाएर सर्वसाारणको ‘बन्धकी’ राखेको जग्गा फिर्ता नगरेर उनी लुकीछिपी बस्दैं आएको पाइएको छ । 

विगत ५÷६ बर्षदेखि सर्वसाधारणले जग्गा फिर्ता गर्न तागेत ागर्न थाले । उनी आजभोली भन्दैं पन्छिदैं बसे । कल्याणपुरमा बस्न नसके पछि उनी राजविराज सरेका थिए । त्यहाँ पनि घर जग्गा अर्काको नाममा भए पछि सर्वसाधारण खोज्दैं राजविराज पनि पुगे । त्यहाँबाट पनि रामदेव भागेर धरानमा आएर बसेको पाइएको छ । 

हाल धरान उपमहानगरपालिका वडा नं. १९ धनकुटे रोडमा ठूलो महल किनेर बस्दैं आएका छन् । करिव एक कठ्ठा जग्गामा ठूलो अढाई तले घर छ । मार्वल टाली लगाएको आमरादायी घर छ । उक्त घर रामदेव कै नाममा भएको पीडित छेदीलाल पासवानले बताए । छेदिलालका अनुसार रामदेवको श्रीमति अनुराधा, जेठा छोरा नन्द किशोर, नन्दकिशोरका छोरा चन्दनकुमार, रामदेवका कान्छा छोरा विपीन साह बस्दैं आएका छन् । तर हाल भने घरमा कोही भेटिदैनन् । शुक्रबार दिउसो उनको घरमा कोही थिएनन् । जेठा छोरा नन्दकिशोरको धरान–१८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडी टाटा फार्मेसी छ । 

ऋण दिएको रकमको तीन–चार गुना असुल गरिसक्दा पनि जग्गा फिर्ता नगरेको भन्दैं पीडितहरु हारगुहार गदैं आएका छन् । हुल बाँधेर रामदेवलाई  खोज्न मात्र उनीहरु धरान ९ पटक आएका छन् । रामदेव आफैले धरान पटक पटक बोलाएको तर भेट भने नदिएको पीडितहरुले बताएका छन् । उनकी छोराीले घरमा पनि राखेकी तर जग्गाफिर्ता भने नगरेको उनीहरुको गुनासो छ । 

सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का रामप्रसाद खत्वेसहित १० पीडितले साहुकार रामदेवविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघातको उजुरी प्रहरीमा दिएका थिए । तर, प्रहरीले पनि आफूहरूको न्यायका लागि पहल नगरेको पीडितको गुनासो छ । साहुलाई खोज्दैं उनी अरु पीडितहरुसँग ९ पटक धरान आएको बताए । तर न्याय नपाएर त्यतिकै फर्कनु परेको उहाँको भनाई । 

७० वर्षीय खत्वेले घरायसी कामका लागि ०७४ मा रामदेवसँग पाँच लाख ०७५ मा छोरी रञ्जनाको बिहे गर्दा फेरि सात लाख ऋण थप्नुभएको थियो । ऋण लिन आफ्नो नाममा रहेको शम्भुनाथ नगरपालिका– ११ स्थित कित्ता नम्बर ४७८ को १७ कट्ठा जग्गा रामदेवको नाममा पास गरिदिनुभउको थियो । अहिलेसम्म ४० लाख तिरिसके  पनि मिटरब्याजी रामदेवको बहिखाताबाट खत्वेको ऋण घटेको छैन, जग्गामा पनि उनकै कब्जा छ ।

बोदेबर्साइन नगरपालिका– ७ का मोहम्मद तैयब अलीले रुदैं भन्नु भयो–‘यसलाई खोज्दा मात्र हाम्रो तीन लाख सकिएको छ ।  ऋण लिएको ३८ लाखको सट्टा ९५ लाख बुझाइसके । यसको नाममा लगेको घरसहितको डेढ बिघा जग्गा अझै फिर्ता गरेको छैन् ।’ अव  राज्यबाट न्याय पाउदैनौ भने न्याय निसाफ आफै गछौं । रामदेवलाई माछौं र आफु पनि सामुहिक मछौं ।’

पछिल्लो समय उहाँहरुले धरानमा पुगेर जेठ १९ गते विहीबार पत्रकार सम्मेलनसमेत गर्नु गनुृ भएको थियो । मिटरब्याजको ऋण चुक्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएपछि सप्तरीबाट साहु खोज्दै आएका पीडितहरुले अब कि आफु मर्ने वा पीडकलाई मार्ने अवस्थामा आफुहरु पुगेको अभिव्यक्ति दिएका थिए ।  पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासन, अदालत सबैतिर गुहारे पनि कतैबाट न्याय नपाएको भन्दै अब अन्तिम विकल्पमा कठोर बाटो लाग्न बाध्य हुने अलीको भनाई थियो ।  

पत्रकार सम्मेलनमा छेदीलाल पासवानले भन्नु भयोे–‘कसैले हाम्रो कुरा सुन्दैन, अब एउटै विकल्प छ, कि म मर्छु, कि मार्छुै । अव साहुलाई पनि माछु अनि आफु पनि मर्छु ।’ अझै पनि न्याय नपाउने हो भने साहुलाई मारेर आफु आत्महत्या गर्नुको हामीसँग विकल्प नरहेको उनीहरुको भनाई छ । 

उहाँहरुले संघर्ष समिति पनि बनाउनु भएको छ । समितिका संयोजक छेदीलाल पासवानले प्रहरी र अदालतबाट पनि न्याय नपाएको भन्दै अब सडक आन्दोलन गर्ने बताउनु भयो । धरान १९ मा रहेको मिटरब्याजी रामदेव साहको घरमा पनि धर्ना बस्ने तयारी गरेको उहाँले सुनाउनु भयो ।  नन्दकिशोरलाई पक्राउ गरे पनि रामदेवलाई पक्राउ गर्न  प्रहरीले तदारुकता नखाएको उहाँले बताउनु भयो । विहीबार छोरा नन्दकिशोर साहलाइृ प्रहरीले धरानबाट पक्राउ गरेको थियो । रामदेव भने फरार छन् । समितिमा छलफल गरेर अव सडकमा उत्रिनुको विकल्प नभएको उहाँले सुनाउनु भयो । ‘कल्याणपुरदेखि धरानसम्म हामी सडक आन्दोलन गछौं । २÷४ जना मरे पछि सरकारले सुन्लाकी भन्ने अन्तिम आशा छ ।’–छेदिलालले भन्नु भयो । 

पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै रामदेवसँगै उनकी पत्नी ६५ वर्षीया शिवकुमारी देवी साहु, छोरा ४४ वर्षीय नन्दकिशोर साह र छोरीहरू ४५ वर्षीया रेणुकुमारी साह र ४० वर्षीया अनुराधा साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता गराएका छन् । नु भएको थियो । तर, अहिले प्रहरीले साहुकार रामदेवलाई पक्राउ गरेको छैन । यद्यपि, प्रहरीले मालपोत कार्यालय सप्तरीमा रहेको उनको नामको जग्गा भने रोक्का गरेको छ । 

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरेर पीडितहरुको तमसुक कागज वा लेनदेनको हिसाब किताब भएको रजिष्ट्रार फेला परे पठाइदिन भन्दै धरान प्रहरीलाई पत्राचार गरेको थियो । उक्त पत्र लिएर बैशाख १० गते पीडितहरु इप्रकाधरान पुगेका थिए । प्रहरीले भोली पल्ट उनको घर खानतलासी गर्यो तर केही फेला पर्न सकेन । पीडकलाई अगाडी नै सूचना दिएर प्रहरीले गद्दार गरेको उहाँहरुको आरोप छ । 

त्यस बेला सप्तरीबाट ७ जना पीडितहरु धरान आउनुभएको थियो । धरान प्रहरीको टोली शनिबार दिउँसो धरान १९ स्थित साहको घरमा दुई पटक पुगेको थियो ।  पीडितहरुलाई भने गेटभित्र पस्न दिइएन । पहिलो पटक पीडितहरुलाई गेटबाहिरै राखेर २ जना प्रहरी मात्र घरमा छिरेको थियो । झण्डै आधा घण्टा भित्र बसेको प्रहरीले खानतलासी गर्न जनप्रतिनिधि, छरछिमेक पनि चाहिने भन्दै फर्कियो । दोस्रो पटक जनप्रतिनिधि र छरछिमेकीसहित प्रहरी टोली प्रवेश गरेको थियो । पीडितहरु घर बाहिरै बसे । घरमा केही पनि भेटिएन भन्दै टोली फर्किएको थियो । 

खनतलासीबाट बही खाताहरु पाउने उनीहरुको आशा थियो तर प्रहरीले समयमा काम नगर्दा थाहा पाएर अन्यत्र लुकाएका कारण भेटाउन नसकेको उहाँहरुको भनाई छ । 

 ५ बर्षदेखि रामदेवको घरमा धाउने काम र प्रशासनर्लाै गुहार्ने काम पििडतहरुले गदैंआउनु भएको छ । पीडितहरुको संख्या पनि थपिदैं  गएको छ । उनीहरुले न्याय अहिलेसम्म पाएका छैनन् । 

पीडितहरुका अनुसार साहु तेलीसँगको लेनदेनको मुख्य बही खाता र कपाली तमसुक गरेको कागज छ । आफुहरुले ऋण लिएको र तिरेको रकमबारे तेलीकै मुन्सीले पनि लेखिदिएका छन् । साहु तेली विरुद्ध अदालतमा ठगीको मुद्दासमेत दायर भएको छ । पीडितहरुको तमसुक कागज वा ऋण दिएको लिएको विवरण उल्लेख भएको रजिष्ट्रार फेला परे पठाइदिन भन्दै सप्तरीको कल्याणपुर इलाका प्रहरी कार्यालयले धरान प्रहरीलाई पत्राचार गरेको थियो । पीडितहरु त्यही खाता भेटिने आशामा धरान आएका हुन् । तर, शनिबार खान तलासीको क्रममा नभेटिए पछि निराश भई सप्तरी फर्किए ।

 गत जेठ १९ गते उनीहरुले  धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साङपाङ)लाई समेत भेटेर न्यायका लागि विन्ती विसाए । ‘जनताको हितमा काम गर्ने मेयर धरानमा आउनु भएको छ भनेको सुनेर हामी ९ जनाको समुह गएर भेट्यौ । तीन दिन होटलमा खर्च गरेर बस्यौं । तर न्याय केही पाइएन ।’–छेदीलालले भन्नु भयो । न्याय पालिका प्रमुख काठमाडौ गएकाले केही दिन पछि न्याय पाउने आश्वासन दिएको तर अहिलेसम्म मेयरसापले चासो नदिएको उहाँले बताउनु भयो । ‘धरानका मेयरबाट पो न्याय पाइन्छ की भनेर ठूलो आशा गरेका थियौ तर सोचे जस्तो भएन । हामी निराँशभए र फर्केऔं ।’–छेदीलालले भन्नु भयो ।  मेयरलाई भेटेर उहाँहरुले दिउसो धरानको एक होटलमा पत्रकार सम्मेलन गरे । पत्रकारहरुसँग उनीहरुले आफ्नो पीडा रुदै सुनाए । त्यही दिन १९ नं. वडा कार्यालयमा पुगेर रामदेवसँग छलफल गराई पाउँ भनेर निवेदन दिनु भएको थियो । वडाध्यक्ष पूर्णप्रसाद लिम्बुले भेला गराए तर भेलामा रामदेव साह उपस्थित भएनन् । आफु विरामी भएर काठमाडौं भएका कारण आउन नसक्ने वडाध्यक्षलाई जवाफ दिएका थिए । आफुलाई धेरै तनाव दिएकाले कसैसँग छलफल नगर्ने आफू अदालतमा हाजिर हुने जवाफ रामदेवले दिएको वडाध्यक्ष लिम्बुले बताउनु भयो । उहाँहरुको समस्या बुझेर प्रक्रियागत छलफल गर्न खोजको तर ती पीडक भनिएका उपस्थित हुन नचाहेको अध्यक्ष लिम्बुले बताउनु भयो । धरानमा उनका विषयमा अन्य कुनै उजुरी भने नआएको सप्तरीबाट मात्र ठगीएको भन्ने उजुरी आएको वडाध्यक्ष लिम्बुले बताउनुभयो । 

उहाँहरुको सम्पर्कमा आएका पीडितहरुको हिसावमा हालसम्म सर्वसाधारणको साढे ९ विगाहाजग्गा रामदेवले कव्जा जमाएका छन् । उनीहरुले लिएको ऋणको ६ गुनासम्म व्याजसहित तिरेर पनि उनीहरुको लालपूर्जा फिर्ता आएको छैन् । भएको सम्पति पनि दाउमा राखेर अदालत, प्रशासन, स्थानीय तह धाए तर न्याय  नपाए पछि उनीहरु निराश मात्र छैनन् । अवको विकल्प आत्महत्या भएको बताउँदैं आएका छन् । तर उनीहरु आफु मर्नुृ भन्दा पहिला गरिवलाई रुवाउने साहुका सन्तानलाई पनि नछाड्ने चेतावनी दिदैं आएका छन् । न्यायको आशा मरे पछि हामीहरुले मार्ने र मर्ने मनस्थिति बनाएको छेदीलाले बताउनुभयो ।