धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा. राजकुमार रौनियारले विशेष अदालतबाट सफाई पाउनु भएको छ । 

भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व उपकुलपति प्राडा रौनियार र उहाँका भतिजा पर्ने डा रामहरि रौनियारले सफाइ पाउनु भएको हो । विशेष अदालतले उहाँहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गर्दै दिएको निवेदनमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।

अख्तियारले उनीहरु दुवैलाई १ करोड २८ लाख घुस–रिसवत लिएको आरोप लगाउँदै दुई बर्ष अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको फैसाल गर्दै विशेष अदालतले भ्रष्टाचार गरेको भन्ने पुष्टि नभएको भन्दै सफाइ दिएको हो। 

 निर्माणको ठेक्केदारबाट घुस लिएको आरोपमा उहाँहरुलाई पक्राउ गरिएको थियो । ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उहाँले रामहरि मार्फत घुस लिएको अख्तियारको आरोप थियो।

२०७६ असार २६ गते अख्तियारले प्राडा रौनियारलाई नियन्त्रणमा लिएको थियो । एक बर्ष अघि नै यहाँलाई निर्दोष ठहराइए पनि कागज पत्र मिलाउने भन्दैं सफाईको पत्र दिने ढिलाई गरेर बुधबार अदालतले सफाई दिएको हो । उहाँको कार्यकाल २०७८ सम्म थियो । यस अघि नै सफाईको पत्र पाउदा उहाँ पुन उपकुलपतिमा पूनवहाली हुन पाउनु हुन्थ्यो । तर हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कै चलखेलमा मुद्धा फैसाल लम्विएको चर्चा पनि चल्दैं आएको थियो । अव उहाँ रेडियोलोजी विभागमा रहेर काम गर्न पाउनु हुने छ । उहाँ दक्षिण एसियाकै रेडियोलोजीको गोल्ड मेडेलिष्ट चिकित्सक हुनुहुन्छ । 

उहाँले अदालतले सफाई दिए पछि आफुलाई सवारी चालक र आफु वरिपरिकाले फसाएको प्रतिक्रिया दिनु भयो । ‘ढिलो भए पनि न्याय पाएको छु । चालक दिने दिवाकर कार्की र अन्य व्यापारीका कर्तुत विस्तारो खुल्दैं जानेछन् ।’ -डा राैनियारले भन्न् भयाे ।  कार्कीलाई रौनियारले नै उपकुलपति भए पछि विश्वासका पात्रको रुपमा चालकको रुपमा प्रतिष्ठान भित्राउनु भएको थियो । ती नै चालक कार्कीले अख्तियारमा रौनियार विरुद्ध बयान दिएका थिए ।