धरान / प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेशसभामा आज प्रस्तुत गरेको छ । 

सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा प्रस्तुत गर्नु भएको हो ।  सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ । 

 ठूला आयोजनालाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न वृहत लगानी सम्मेलन प्रदेशमै गर्ने, अन्तराष्ट्रिस्तरका सभासम्मेलन आयोजना गर्नका लागि औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि एक गाउँ एक उद्यमी कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी सिमेन्ट निर्यातका लागि सम्भाव्यता अध्ययन गरिने र घरेलु मदिरा ब्राण्डिङ गर्नेलगायतका कार्यक्रममा ल्याएको छ । 

प्रदेशभित्रका ठूला नदीमा जलयातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, पर्यटकीय क्षेत्रमा जानका लागि केबुलकारका लागि प्रारम्भीक अध्ययन गर्ने, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरलाई राजधानी विराटनगरसँग छिटो जोड्नका लागि छोटो दुरीका लागि चतरा–घुर्मि सडक निर्माणका लागि संघीय सरकारसँगको सहयोगमा अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

 सिटी सफारी, टेम्पोलाई स्थानीय तहमै दर्ता र नविकरण गर्ने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ: