धरान उपमहानगरपालिकाको दुर्गम वडाको सास्तीः धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका धार्मिक पर्यटकीय वडामा स्थानीयहरु जोखिम मोलेर सवारीमा आवतजावत गर्ने गर्छन् । धरानको ११ नं. वडा मंगलबारेबाट विष्णुपादुका जानलाई कच्ची सडकमा जीपहरुमा झुण्डिर यात्रा गर्नु पर्छ । मंगलबार धरान–११ को मंगलबारे हटिया  भर्न आउने स्थानीयको यात्रा निकै कष्टकर हुने गरेको छ । उनीहरुले उत्पादन गरेको कृषी उत्पादन बेच्ने र आफुलाई आवश्यक परेको सामान किन्ने एक मात्र बजार मंगलबारे हो । धरान–११ वाट विष्ण्ुापादुकाको आहाले, दुधकुण्ड, विष्णुपादुका मन्दिरलगायत स्थानमा यसरी जीपमा भुण्डिएर स्थानीयहरु इात्रा गर्ने गरेका छन् ।  जनसहभागिताको शहर चिल्ला सडक भएको शहर भनेर धरानलाई चिनिेने भए पनि  ७९४ घर धुरी,  ३ हजार ३९१ जंनसंख्या बसोवास गर्ने धरानको एक मात्र धार्मिक पर्यटकीय क्षेत्र विष्णुपादुकामा हालसम्म पिच सडक बन्न सकेको छैन् । यो उपमहानगरको नजरमा ओझेलमा परेको वडाकारुपमा लिइन्छ ।