धरान  / पछिल्लो समय मानसिक रोग समस्या भयाभय भएको कुरालाई मध्यनजर गरेर जनता मिडिया हव धरानले मानसिक रोग समस्या र न्यूनिकरण विषयक एक दिने सहजिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । 

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सुनसरी क्षेत्र नं. १(ख)को सहकार्यमा धरान–२० स्थित विष्णुपादुकामा गरिएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका विशेषज्ञ चिकित्सक डा. सुरज नेपालले सहजिकरण गर्नु भएको थियो । 

कार्यक्रममा सुनसरी क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्यको समेत उपस्थिति रहेको थियो । 


हेर्दा सामान्य लाग्ने तर भयानाक समस्याको रुपमा मानसिक रोग भएको उहाँले बताउनु भएको थियो । मुलुकमा रहेको जनसंङ्ख्यामा १८ प्रतिशतमा मानसिक   समास्या भएको उहाँले तथ्याङ्क प्रस्तुत गर्नु भयो । मानसिक समस्याले नै मानिसहरु आत्हत्याको बाटो रोज्ने भएकाले बेलैमा सचेत हुनु पर्ने उहाँको भनाई थियो । ‘रोग आए पछि उपचार खोज्नु भन्दा पनि कुनै पनि रोग लाग्नु नदिनु बुद्धिमानी हो । हामीले बेलैमा तनाव व्यवस्थापन गर्नु पर्छ । मानसिक समस्या आउन नदिन सचेत हुनु पर्छ ।’–नेता आचार्यले भन्नु भयो । बालबालिकाहरुलाई माेवाइलबाट टाडा राख्न सके  मानिसक समस्या कम हुने उहाँले बताउनु भएकाे छ । 

कार्यक्रममा डा. सुरज नेपालले मानसिक रोग समस्या, करण, समाधानबारे जानकारी गराउनु भएको थियो । उहाँका अनुसार विश्वमा ३० करोड मानिसहरु मानसिक समस्याले प्रभावित छन् । ९० प्रतिशत भन्दा बढि आत्महत्याको कारण मानसिक समस्या भएको उहाँले बताउनु भएको थियो । 


कसैलाई डिप्रेसन भएमा आफु नजिकका व्यक्तिलाई मनका कुरा भन्ने नियमित कामकाजमा सहभागि भइरहने, समयमा खानपान र सुत्ने र नशाजन्य बस्तुको सेवाबाट टाडा रहनु पर्ने र चिकित्सकसँग उचित परामर्श लिनु पर्ने उहाँले बताउनु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्युको धेरै रोगका कारण मध्य १५ कारण मानसिक समस्या हो । बार्षिक ८ लाख मानिस आत्महत्याका कारण ज्यान गुमाइरहेका छन्। त्यो मानसिक समस्याबाटै भएको हो । 

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा प्रति बर्ष एक लाम मानिसमा २४ जनाले आत्म हत्या गर्छन् । यो विश्वको सार्वदिक ८ औं उच्च दर भएको मानिन्छ । बच्चा पाउने उमेरका महिलाहरुको मृत्युको प्रमुख कारण आत्महत्या बनेको छ । 

कार्यक्रममा जनता मिडियाहवका प्रवन्ध निर्देशक देवेन्द्र कार्कीले मामान्य जस्तो लाग्ने तर जटिल समस्याकोरुपमा रहेको मानसिक समस्याबारे सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । २० नं. वडाका निर्वतमान वडाध्यक्ष तथा समाजसेवी मणिराम राई, वडाध्यक्ष पदमप्रसाद लिम्बुले पनि बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी बाँनियाले गर्नु भएको थियो । कार्यक्रममा युवा विद्यार्थी, महिला, जेष्ठ नागरिक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।