धरान  / नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेर स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनीधिहरुलाई शनिवारधरानमा सम्मान गरिएको छ ।  धरानका विभिन्न वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई मजदुर संगठनले  धरानमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको छ ।

धरान उपमहानगरपालिकामा निर्वाचित मजदुर पृष्ठभूमिबाट आएका प्रतिनिधिहरुलाई बधाईसहित सम्मान गरिएको हो । सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ९ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्नु भएको छ । 

सम्मानित हुनेहरुमा यातायात मजदुरको पृष्ठभूमिबाट राजनीति गरेर स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित धरान १५ का वडाध्यक्ष नरेश इवारम, १० का वडाध्यक्ष विवेक राई, ८ का वडाध्यक्ष धनबहादुर राई, ७ का वडाध्यक्ष जीवनराज सुवेदी रहनु भएको छ । त्यस्तै वडास्दस्यहरुमा १५ का रङ्गलाल गिरी, १० का शमसेर बर्देवा, ११ नं. का डम्बर अधिकारी, ८ नं. का देवीप्रसाद पोखरेललाई सम्मान गरिएको हो । 

त्यस्तै जिफन्ट आवद्ध नेपाल स्वरोजगार श्रमिक संघ सुनसरीका पूर्व अध्यक्ष धरान वडा नम्बर १३ को अध्यक्षमा निर्वाचित नेत्र काफ्लेलाई पनि सम्मान गरिएको छ ।  स्थानीय सरकारको नीति निर्माणमा मजदुरहरुको भूमिका महत्वपूर्ण हुने प्रमुख अतिथि ज्वालाले बताउदं अधिकार सम्पन्न मजदुरहरुको नगरका रुपमा धरानलाई निर्माण गरिनु पर्ने बताउनुभयो । 

स्थानीय तहमा अघिल्लो कार्यकालमा विजयी भएका अधिकाङ्श मजदुर नेतृत्व दोहोरिएकाले मजदुरबाट नेतृत्व गर्नेमा दक्षता रहेको प्रमाणित भएको केन्द्रीय अध्यक्ष ज्वालाले बताउनु भयो । नेकपा एमालेको हरेक तह र अन्य अवसरहरुमा श्रमिकहरुको १० प्रतिशत प्रतिनिधित्व हुनु पर्ने आवाज उठाउदै आईरहेको आफुहरुले धरानमा ५६ जना एमाले उमेद्वारहरुले जित्दा श्रमिकहरुको तर्फबाट ९ जना नेताहरु निर्वाचित भएको भन्दै ज्वालाले एमाले मजदुरको पार्टीका रुपमा प्रमाणित हुँदै गएको पनि बताउनु भयो । उहाँले जिफन्टले उठाएका मुद्दा धरानमा नेकपा एमालेले सम्बोधन गरेकामा खुसी व्यक्त गर्नु भयो । 

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व अध्यक्ष तथा नेकपा एमाले प्रदेश नम्बर १ का सदस्य मोतीराज सुनुवार नेकपा एमालेले मजदुरहरुलाई प्राथमिकता दिएको बताउनु भयो । अव संघ र प्रदेशको निर्वाचनमा जोआए पनि मजदुर क्षेत्रका नेताहरुले अवसर पाउने पनि बताउनु भयो ।  सुनसरी जिल्ला सदस्य तथा धरान ईन्चार्ज नारायण सुवेदी, सम्मानितका तर्फबाट धरान वडा नम्बर १५ का वडा अध्यक्ष तथा नेकपा एमाले सुनसरी सदस्य नरेश ईवारमले बोल्नुभएको थियो । अध्यक्ष इवारामले गाडीको सहचालकदेखि जनप्रतिनीधि हुदाँसम्मको इतिहास सुनाउनु भएको थियो । संघका धरान अध्यक्ष कमल भट्टराइृको अध्यक्षतामा भएको कार्यक्रम मजदुर नेता लक्ष्मी बाँनियाले सञ्चालन गर्नु भयो ।