धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशक प्राडा गौरी शंक साहको ५ वर्षे कार्यकाल जेठ १८ गतेदेखि सकिएको छ । उहाँ २०७४ जेठमा तत्कालिन उपकुलपति प्राडा राजकुमार रौनियारले उहाँलाई अस्पताल निर्देशक पदमा नियुक्ति गर्नु भएको थियो । 

विभिन्न उचार चढावका बावजुद पनि कार्यकाल सफल भएको उहाँले बताउनु भएको छ । सेवा गर्ने मौका पाई आफ्नो कार्यकाल पूरा गरेका सन्दर्भमा मेरो जिम्मेवारी पूरा गर्न निरन्तर सहयोग गर्ने प्रतिष्ठान परिवार, प्रतिष्ठानसँग सरोकार राख्ने समाजका विभिन्न पक्षहरू एवम् नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

पदाधिकारीहरूको वरियतामा चौथो तहमा रहेर पदीय दायित्व निभाउने क्रममा २ जना उपकुलपति, १ जना कार्यवाहक उपकुलपति, १ जना शिक्षाध्यक्ष र २ जना रजिष्ट्रारको कनिष्ठ एवम् संकुचित अधिकारमा सीमित रहेर समग्र अस्थिरताको बोझसहित प्रतिष्ठानलाई सूचारू राख्ने चुनौतिपूर्ण अवस्था मेरो कार्यावधिभर रहेको उहाँले बताउनु भएको छ । 

चुनौतीहरूसँगै जोडिएर सुरू भएको कोरोना महामारी र प्रतिष्ठान भित्रका विभिन्न आन्दोलन र विरोध कार्यक्रमहरूले अस्पताल सूचारू गर्न अझ कठिनाई सिर्जना भएको बेला आफ्नो नेतृत्वमा भएका पहलकदमीमा सरोकारवालाहरुको पुर्ण सहयोग रहेको उहाँले बताउनु भएको छ ।

‘विविध कठिनाई र प्रशाशनिक अनिश्चयवीच पनि मैले दृढ निश्चयका साथ प्रतिष्ठानलाई ५ वर्ष स्थिर नेतृत्व दिनुका साथै सेवा क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भएको छु ।’–उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

ऋाफ्नो कार्यकालमा आवश्यक उपकरणहरूसहित अति विशिष्टीकृत सेवाहरू ग्यास्ट्रोटेरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, हेमाटोलोजी, अङकोलोजीजस्ता विभाग शुरुवात गरेर हाल सञ्चालनमा रहेको उहाँले बताउनु भएको छ ।  यस्तै यो अवधीमा एक सय बेड कोभिड अस्पताल, ३० बेडको आसिय’, ३० वटा डेण्टल चियर, ३० बेडको अकास्मिक बेड, ७५ वटा एचडियु बेड, २५६ स्लाइसको सिटी स्क्यान, २ वटा एक्रे मेसिन, अक्सिजन टंकी निर्माण, युएसजी लगायतका सेवा प्रवाह गर्न सफल भएकोको उहाँले उल्लेख गर्नु भएको छ । 

नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम सुरुवातसँगै बिरामीलाई अनावश्यक झन्झट मुक्त सेवा सूचारू गर्न अनलाईन ओपिडी दर्ता सोव पनि स ुचारु गरिएको छ । हाडजोर्नीका विरामीलाई छुट्टै राख्न अर्थोपेडिक युनिट पनि शुरु गरिएको उहाँले बताउनु भएको छ । 

अन्त्यमा, मेरो जिम्मेवारी पूरा गर्ने क्रममा मलाई निरन्तर सहयोग गर्नुहुने माननीय मन्त्री, नेपाल सरकार सम्बद्ध निकाय र अधिकारीहरू, विभिन्न राजनैतिक दलका नेतृत्व वर्ग र नागरिक समाजका महानुभावहरू, पत्रकार मित्रहरू, प्रतिष्ठानका उपकुलपति, पदाधिकारीहरू एवम् प्रतिष्ठान परिवारका सम्पूर्ण सदस्यहरू लगायत सबैबाट प्राप्त निःस्वार्थ साथ र सहयोगका निम्ति उहाँले आभार पनि व्यक्त गर्नु भएको छ । 

उहाँको कार्यकाल विवादरहित रुपमा सकिएको छ । उहाँ काम गदैं गर्दा तत्कालिन कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनालले उहाँका अधिकार कटोती गरिदिनु भएको थियो । सहायक अस्पताल निर्देशक आफु अनुकुलको व्यक्ति राखेर प्राडा साहलाई जिम्मेवारविहिन बनाइएको थियो । पछि डा. ज्ञानेन्द्र गिरीको कार्यकालमा एक बर्ष अघि मात्र उहाँका अधिकार फुकुवा भएको प्रतिष्ठान श्रोतले जनाएको छ । 

उहाँको विदाईसँगै अस्पताल सहायक निर्देशक डा. विकास शाहलाई पनि विदा गरि नयाँ नियुक्ति गरिएको छ । एनेस्थेसियाका डा. जगत नारायणलाई सहायक अस्पताल निर्देशकमा नियुक्ति गरिएको छ । यस्तै डा. इन्द्र लिम्बु र डा. लोकेश जैसवाललाई उप–निर्देशकमा नियुक्ति गरिएको छ । अस्पताल निर्देशक साहको सिफारिसमा उपकुलपति गिरीले नियुक्ति गरेका हुन् ।