धरान  / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी घोपा बचाउ आन्दोलन गरिरहेको पक्षले दुई घण्टा नियन्त्रणमा लिएको छ । 

उपकुलपतिको उपस्थितिमा मात्र वार्तामा बस्ने अडान राखेका घोपा बचाउ अभियन्ताहरुले सोमबार उपकुलपति डा.गिरीलाई उहाँकै कार्यालय परिसरमा गाडीभित्रै घेराबन्दी गरेका थिए ।  कार्यालय समय सकेर क्वार्टर फर्कदै गरेका उपकुलपति गिरीलाई आन्दोलनकारीहरुले बीचैमा दुई घण्टा घेरा हालेर घर जान दिएनन् । 

मेयर हर्क साम्पाङको समन्वयमा उपमहानगरपालिका वार्ता गर्न अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको नेतृत्वमा भएको वार्तामा कुनै निष्कर्ष नआए पछि आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिलाई नै घेराबन्दी गरेका थिए । 

मेयर साम्पाङको समन्वयमा  उपकुलपतिसहित पुन वार्ता गर्ने सहमति भए पछि आन्दोलनकारीहरुले घेरा तोडेका थिए । आन्दोलनकारीको मागलाई सम्बोधन गर्न एक कार्यदल बनाउने निर्णय भएको छ । कार्यदलले आन्दोलकारकिा मागको विषयमा अध्ययन गर्ने छ ।