काठमाडौं / हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमार्फत दुर्घटनास्थल पत्ता लागेको र यसबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिनु भएको छ ।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न पुगेको थियो । विमानमा एकै परिवारका सात जना रहेको बताइएको छ । मुस्ताङका सुशिलबाबु थकालीका अनुसार थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको हो ।