धरान  / सरकारले अब घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि घरजग्गाको कारोबार गर्न लाइसेन्स अनिवार्य गरेको बजेट भाषणमाउल्लेख गर्नु भएको छ ।  

आधिकारिक व्यक्ति र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । आगामी वर्ष महानगर र उपमहानगरमा लागू हुने र क्रमश स्थानीय तह सबैमा लागु गरिने जनाइएको छ ।