धरान  /  आर्थिक वर्ष ०७९र८० को आर्थिक वर्षको बजेटमा दुई घण्टामा सगरमाथा पुगेर अवलोकन गर्न सक्नेगरी फास्ट ट्रयाक बनाइने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आज सावृजनिक गरेको बजेटमा सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गरि निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरि दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अबलोकन गर्न सक्नेगरी पूर्वाधार निर्माण गरिने बताउनु भएको छ । 

यसका साथै पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आर्कषित गर्ने,हिमाल आरोहणका लागि खुल्ला गरिएका पदमार्गको स्तरोन्नती गरिने तथा पदमार्गका सुबिधाको पहुँच बिस्तार गर्ने लगाायतका बुँदा बजेटमा समेटिएका छन्।