धरान / बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाएका पीडितहरुको समुहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भटेर समस्या अवगत गराएका छन् । 

बराह सहकारीले स्थानीय बचतकर्ताको पैसा व्यवासायमा लगानी गरि बचतकर्तालाई फिर्ता नगरे पछि पीडितहरुले संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन् ।  संघर्ष समितिले शनिवार मेयरलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र लिन शनिवार भए पनि मेयर कार्यालय पुग्नु भएको थियो । 

मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाउदै आफुहरुको पैसा फिर्ता गराउन पहल गर्न आग्रह गर्नु भएको थियो । सञ्चालक समितिलाई नेपाल बाहिर प्रवेशमा रोक लगाउन उनीहरुलेस्थानीय सरकारसँग माग गरेका छन् । 

 संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बराहका सञ्चालकहरुलाई जेठ १८ गतेसम्मको अल्टिमेटम दिइएको बताउनु भएको छ । वचतकर्ताहरुको समस्या हल नभए बराहको भानुचोकस्थित कम्प्लेक्स, धनकुटे रोडस्थित बराह भवन र भेडेटारको व्यापरिक भवनबाट उनीहरुको कारोवार बन्द गनेृ चेतावनी दिनु भएको छ । मेयर साम्पाङले कानुन र आफ्नो क्षेत्राधिकारभित्र रहेर न्याय दिन पहल गर्ने बताउनु भएको छ । 

विभिन्न स्थानमा व्यवसाय गदैं आएको बराह ग्रुपलेसञ्चालन गरेको सहकारीमा बजचकर्ताले राखेो करोडौको रकम फिर्ता गर्न सकेको छैन् । धरान–८ स्थित गोर्खाको भवन किने पछि बराह ओरालो लगोको हो । बराहका विरुद्ध दैनिक घेराउ तथा विरोधको कार्यक्रम हुदैं आएको छ । आज पनि सयौंको संस्थामा उपमहानगरपालिकामा पीडितहरु भेला हुनु भएको थियो ।