धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले प्रदेश १ को नाम किरातहरुको भावना बुझेर छिटो घोषणा गर्न दवाव दिनु भएको छ । 

धरानमा आयोजित किरात राईहरुको पर्व साकेला समापन कार्यक्रममा शनिवार मेयर राईले सबै प्रदेशका नामकरण भए पनि एक नं. प्रदेशको नामविहिन भएकाले उहाँले ध्यानाकर्षण गराउनु भएको हो । 

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारी, सामाजिक विकास मन्त्री राजन राईसहेत उपस्थित कार्यक्रममा मेयर राईले प्रदेशको नामकरण गर्न चासो दिनु पर्ने बताउनु भएको हो । प्रदेशको नामका विषयमा सबैको चासो र चिन्ता रहेको बताउदैं उहाँले प्रदेशवासीको चाहाना र भावनालाई समेटेर नामकरण गर्न सुझाउनु भएको छ । 

उहाँले यस साकेला कार्यक्रमले नेपाल संस्कार र संस्कृति, रितिरिवाजको धनी देश भएको सन्देश दिएको बताउनु भयो । ‘हाम्रो असल निधी भनेकै संस्कार, संस्कृति, भाषा भएकाले त्यसको संरक्षण र संवद्धन गर्ने जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारको हो । हामी हाम्रा निधी संरक्षणमा प्रतिवद्ध छौं ।’–मेयर राईले भन्नु भयो । स्थानीय श्रोत साधनको उपलब्दता अनुसार उपमहानगरले सबै भाषा संस्कृतिको जर्गेन ागर्ने र धरानलाई सफा  र साझा फुलवारी बनाउनु बताउनु भएको छ । 

कार्यक्रममा यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले किरात राईहरुको भावना बुझेर यो बर्षे अधिवेशनमा प्रदेशको ‘किरात’ नाम राख्न प्रस्ताव लान मुख्यमन्त्री र सभामुखलाई ध्यानाकर्षण गराउनु भएको थियो ।