धरान  / धरान उपमहानगरपालिका वडा नंं ५ स्थित सेतीखोलको बगरमा बिहीबार बिहान भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । पहिचान खुले पनि कस्ले हत्या गरेको भन्ने खुल्न सकेको छैन् । 

धरान–५ तल्लो देउराली सुन्दर बस्ती छेऊ सेउती खोला बगरमा बेवारिसे अवस्थामा भेटिएको शव धरान–११ निवासी ३१ बर्षीय सन्दिप लम्जेल भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार  धरान–११ स्थित विष्णुचोक ठाडो सोलिङ बस्ने सन्दीप लम्जेलको शव रहेको बुबा मिठे सार्कीले पुष्टि गर्नु भएको छ । सामाजिक सञ्जालमा मृत भेटिएको विषयमा तस्विरसहित आए पछि उहाँले पहिचान गर्नु भएको हो । सन्दिप  बुधबार साँझ साढे ७ बजे नै घरबाट निस्किएका थिए । उनी  को२८प २५६८ नम्बरको ड्युक मोटरसाइकलमा चढेर घरबाट निस्किए पनि उनी घर फकिएएनन् । प्रहरीका अनुसार उनी राती साढे १० बजे सम्म बगरकोटको एक होटलमा बसेको पाइएको छ । ‘उनी एक्लै त्यहाँबाट हिडेको खुलेको छ । त्यस पछि उनी हराएका छन् । उनको मोटरसाइकल र मोवाइल भेटिएको छैन् ।’–डिएसपी श्रेष्ठले भन्नु भयो ।

पहिचान पछि मृतक सन्दीपले प्रयोग गर्ने मोबाइल तथा मोटरसाइकलको खोजी प्रहरीले गरिरहेको छ । शरिरका विभिन्न भागमा चोट रहेका सन्दिपलाई काटेर फालेको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाबारे अनुसन्धान गरिरेहको छ । उनको हत्यामा संलग्नको खोजी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।