धरान  / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) मेयरमा मंगलबार पदबहाली हुनु भएको छ । पद बहाली पछि उहाँ कार्यालयमा बस्न साखै फुर्सद छैन् । बुधबार उहाँ खानेपानीको मुहान अवलोकन तथा मर्मतका लागि खट्नु भयो । विहीबार भने नगर प्रहरी र आफ्ना समर्थकका साथ धरानको मुटु भानुचोक सफाई अभियानमा पुग्नु भयो । 

बुधबार उहाँले फेसबुकबाट विहीबार दिउसो ३ बजे भानुचोक सरसरफाईको लागि सार्वजनिक आवहान गर्नु भएको थियो । साँगुरो भानुचोक सवारी साधानहरुले खचाखच भरिने गर्छ । बस पार्क अभावमा यहाँबाट विभिन्न जिल्लामा छुट्ने सबै सवारीहरु यही रहेका हुन्छन् । त्यसैले पनि यहाँको वातावरण प्रदुसित हुने गरेको छ । 


यही कुरालाई मध्यनजर गरेर मेयर राईले आफ्नो घर, आँगन र सडक सफा राख्न सचेतना जगाउनको लागि आफै सरसफाई अभियानमा आउनु भएको हो । आफुबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्ने बानी बसाल्न उहाँले आवहान पनि गर्नु भएको छ । अबको ६ महिनामा धरानलाई देशकै सफा सहर घोषणा गर्नुपर्छ भन्ने छ । यसमा म एक्लैले पुरा गर्दिन, सबैको साथ सहयोग चाहिने उहाँले बताउनु भएको छ । सफा शहर बनाउन सबैले आफुबाट उत्पादन हुने फोहोर आफै व्यवस्थापन गर्ने बानी बसाल्न नजिकका व्यवसायी, यातायातकर्मीहरुलाई आग्रह पनि गर्नु भएको छ । 

फोहोर जथाभावी फाल्ने बानी सुधार नभए उपमहानगरपालिकाले नियम लगाउने उहाँले बताउनु भएको छ । तर धराने जनता सचेत भएकाले नियम पखृनु हुन्न भन्ने अपेक्षा भएको उहाँको भनाई छ । धरानलाई साचकिै धरान बनाउने आफ्नो अभियान भएकाले सबैको साथ सहयोग चाहिने पनि उहाँले बताउनु भएको छ । उहाँको अभियानलाई विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गरेका थिए । वातावरणीय सुधारको अभियान सञ्चालन गरिरहेको सेवक अभियानका अभियान्ताहरुको पनि सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा उपमहानगरका नगरप्रहरीको सहभागिता रहेको थियो । उपमेयर, अन्य जनप्रतिनीधिहरु र कर्मचारीहरुको भने उपस्थिति देखिएन । 

No description available.