धरान / २०७४ सालको निर्वाचनमा जसले हराए उनीहरुलाई २०७९ को स्थानीय तहको निर्वाचनमा हराउने केही नेताहरुले मौका पाए ।

उदयपुरको बेलका नगरपालिकामा नेपाली कांग्रेसका अशोक कार्कीले एमालेका दुर्गा थापासँग २५६ मतले हानुृ भएको थियो । यो पटक उहाँले तीनै थापासँग बद्ला लिनु भएको छ । 

नेकपा एमालेका दुर्गा कुमार थापा भन्दा ३ हजार १ सय ४० मत बढि ल्याई कार्कीे नगरपालिका प्रमुखमा विजय हुनु भयो  कार्कीले १० हजार १ सय २० मत ल्याएर विजयी हुदाँ थापाले ६ हजार ९ सय ८० मत ल्याउनुभएको थियो । 

धनकुटाको साँगुरी गाउँपालिकाको अध्यक्षमा विजयी जीतेन्द्र रुम्दाली पनि अघिल्लो निर्वाचनमा एमालेका कुमारजंङ याख्खासँग पराजय हुनु भएको थियो । यस पटकको निर्वाचनमा फेरी तीनै व्यक्ति वचि टक्कर हुदा रुम्दानी विजयी हुनु भएको हो ।  गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतेन्द्र रुम्दाली ५३९९ मत पाएर विजयी हुनु भएको हो ।  उहाँले नेकपा (एमाले) का कुमारजंग याक्खालाई ५७१ मतान्तरले पराजित गर्नु भएको थियो । रुम्दाली गत निर्वाचनमा ११४६ मतले याक्खासँग पराजय हुनु भएको थियो । 

 सप्तरीको सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल विजयी हुनु भयो । ढकालले ४ हजार ४ सय ६९ मत प्राप्त गरि बिजयी हुदाँ उहाँको प्रतिद्वन्द्वी एमालेका उत्तमकुमार शर्माले २ हजार ९ सय ६७ मत प्राप्त गर्नु भयो ।  कांग्रेस का ढकालले एमालेका शर्मालार्इ १५ सय २ मतको मतान्तरले हराउनु भयो । तीनैशर्माले गत २०७४ को निर्वाचनमा भारी मतले ढकालाई हराउनु भएको थियो ।