धरान ।  धरानमा खानेपानीको हाहाकार छ । पानी खान नपाएका धराने जनताहरु राजनीतिक दलहरुबाट आजित भएर बैशाख ३० गतेको निर्वाचनमा देशकै ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई रुचाएनन् । स्वतन्त्रबाट उम्मेद्वार बन्नु भएका हर्कराज साम्पाङलाई विजयी गराए । 

लामो सयमदेखि सामाजिक अभियानमा लाग्नु भएका साम्पाङले चुनावको मुद्धा नै खानेपानी बनाउनु भएको थियो । मंगलबार पदभार ग्रहण गर्दै पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावटलाई रोक्ने प्रतिबद्धता जनाउनु भएको छ । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिदै गएको उहाँको भनाई छ । ‘धरानको पहिलो समस्या भनेको खानेपानी हो, परियोजना संचालन हुँदा पनि खानेपानीको अभाव भइरहेको छ, यसको समाधाननै मेरो पहिलो प्राथमिकतामा रहेको छ ।’–पदभार ग्रहण गदैं साम्पाङले भन्नु भयो–‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुने छ ।’

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गर्नु भएको छ । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख रहनु भएको छ । यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछ्न । कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने मेयर राईले जानकारी दिनु भयो ।  

सर्वदलिय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उहाँले प्रतिवद्धाता जनाउनु भएको छ । 

उपमहानगरको गाडी नढ्ने

मेयरमा विजयी भए लगतै उहाँलाई उपमहानगरपालिकाले सेता पजेरो तयारी अवस्थामा राखेको थियो । तर उहाँले महगो गाडी नचढ्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताउनु भएको हो । ‘म करोडौँ पर्ने गाडी चढेर हिडे भने बाटोका खालडो र भत्केका सडक हरु देखीदैन त्यसैले म सडकमै हिडन चाहन्छु किनकी ति भत्केका खाडल हरु पुर्नुछ बिग्रीएका बाटो हरु मर्मत गर्नुछ ।’

–उहाँले भन्नु भएको छ । आफुसँग भएको पुराना मोटरसाइकल चढेर जनताको सेव ागर्ने उहाँले प्रतिज्ञा गनुृ भएको छ ।