धरान / धरान उपमहागनरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) विजयी हुनु भएको छ । 

उहाँले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा  विजयीहुनु भएको हो । उहाँले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नु भएको छ । उहाँ निकटतम प्रतिद्धन्द्वी गठबन्धनबका उम्मेद्वार राईले १६ हजार ६९ मत मात्र प्राप्त गर्नु भयो । 

निर्वाचन अधिकृतकाे कार्यालयले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गनुृ भयो ।  सामाजिक अभियान्तको रुपमा दरिनु भएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, विपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको वेथितिबारे एक्लै आवाज उठाउदैं आउनु भएको थियो । उहाँ मेयरमा उठने भए पछि राजनीतिक दलहरु प्रति नकरात्मक सन्देश फैलाउदैं एक्लै घर दैलो गर्नु भएको थियो । एक्लै भए पनि मुद्वा जायज भएको देखेर धराने जनतालाई उहाँलाई लोकप्रिय मत दिएर जिताउनु भएको छ । उहाँले २०७६ को उपनिर्वाचनमा पनि मेयरमा उम्मेदेवारी दिदा ४२२ मत ल्याउनु भएको थियो । 

२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना पछि धरानमा बामपन्थिहरुले एक छत्र शासन गदैं आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेद्वार नगर प्रमुखमा निवार्चित हुनु भएको छ । 

धरानको राजनितिक इतिहासलाई फर्केर हेर्दा ०१७ सालमा नगरपालिका घोषणा भएसंगै बामपंथी उम्मेदवारहरु नै लगातार मेयर भएका छन । 

०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको पालामा ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा हुनु भएको थियो । ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जित्नु भएको थियो । उहाँ दुवै जना एमालेबाट चुनाव जित्नु भएको थियो । वामपन्थी जितलाई निरन्तरता दिनु भयो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुव्वाले एमालेबाट जित्नु भएको थियो । 

०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउदा तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउनु भएको थियो । प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाउनु भएको थियो । 

धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेकोमा ६२हजारलेमतदान गर्नु भएको थियो । यस पटक दुवै दलहरुलाई पाखा लगाउदैं धरानेहरुले स्वतन्त्र उम्मेद्वारलाई मत दिनु भएको छ । 

यसैगरि, उपप्रमुखमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित हुनु भएको छ । २० हजार ५१० मत प्राप्त गरेर निवार्चित हुदा उहाँका निकटतम प्रतिद्धन्द्वी एमालेका पदम इस्वोलाई २ हजार ९०४ मतान्तरले पराजित गर्नु भएको छ । इस्वोले १७ हजार ६०६ मत प्राप्त गर्नु भएको छ । 

अघिल्लो २०७४ सालको निर्वाचनमा मेयर उपमेयर र १४ वटा वडा जितेको एमाले यस पटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं. वडा विजयी भएको छ । मेयर उपमेयरमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ ।  नेपाली कांग्रेसले १,३, ९, ११, १६, १८, २० नं. विजयी भएको छ । १७ नं. वडामा माअ‍ोवादी केन्द्रका नगर अध्यक्ष समेत रहनु भएका मनोज भट्टराई विजयी हुनु भएको छ । गत निर्वाचनमा पनि भट्टराई विजयी हुनु भएको थियो । १४ न‌ वडामा का‌ग्रेसबाट विद्राेह गरेर राप्रपामा  जानु भएका  कृष्णप्रसाद भट्टराईले जित्नु भएकाे छ । ६ न‍ वडामा का‌ग्रेस कै वागी उम्मेद्वार भूपेन्द्र भट्टराई विजयी हुनु भयाे ।