धरान / कुटुम्व स्पोर्ट धरानको आयोजनामा भएको मैत्रीवपूर्ण व्याटमिन्टन प्रतियोगितामा देवेन्द्र कार्की र हरी श्रेष्ठको टिम विजयी हुनु भएको छ । 

शनिवार भेडेटारमा भएको प्रतियोगितामा परम राई र पवित्रा राईको टिमलाई सोझो सेटमा हराउदैं विजयी हुनु भएको हो । २१–१७, २१–१८ को अन्तरमा खेल सम्पन्न भएको थियो । 

किशोर थुलुङ र दिपिका कार्कीको टिम दोश्रो भएको छ । उहाँहरुले योगश काफ्ले र सुवास राईको टिमलाई २१–६, २१–९ को फाराकिलो अन्तरले हराउदैं दोश्रो भएको हो । प्रतियोगितामा पाँच वटा टिमको सहभागिता रहेको थिाये । विजयी खेलाडीलाई टि सर्ट प्रदान गरिएको छ । सोही अवसरमा व्याटमिन्टन खेलाडीसमेत रहनु भएका साँगुरीगढी गाउँपालिका प्रमुख जितेन्द्र रुम्दालीलाई पनि टि–सटृ प्रदान गरिएको छ । उहाँलाई स्पोर्ट्सका संयोजक किशोर थुलुङ, देवेन्द्र कार्कीलगायतले टि–सर्ट प्रदान गनुृ भएको थियो । प्रतियोगितामा पाँच वटा टिमको सहभागिता रहेको थियो । 

May be an image of 6 people, people standing, indoor and text that says 'Shot on Y30 AI Quad Camera 2022.05.21 15:09'