धरान  / धरान उपमहानगरपालिका वडा नंं १४ का युवा नेता कृष्णप्रसाद भट्टराई बैशाख १० गते सम्म नेपाली कांग्रेसमा हुनुहुन्थ्यो । कांग्रेसबाट वडाध्यक्षमा विजयी हुनु भएका भट्टराई १० गते वडाध्यक्षबाट राजीनामा दिनु भयो । ११ गते कांग्रेसको झण्डा बोकेर मनोनयन गर्न जान लाग्दा अशुभ खवर आयो । शिव भगवानमाथि ठूलो विश्वास राख्ने भट्टराईलाई टिकट नदिएर कांग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएको खवर आयो । त्यो खवर सुन्ने वितिकै आफन्त छरछिमेकसँग परामर्श गर्नु भयो । धेरै मतदाताले जे चुनाव चिन्ह लिएर भए पनि उम्मेद्वार बन्नु पर्ने दवाव दिए । एकै छिनमा घरमा भएको कांग्रेसको झण्डा फालेर उहाँ समर्थकहरुसहित राप्रपाको व्यानरमा धरान–१२ स्थित पब्लिक स्कुलको मैदानमा मनोनयन दर्ता गर्न पुग्नु भयो ।  पार्टीमा अाउन सहजिकरणा लक्षमण बस्नेतले गर्नु भयाे ।

अलिक अघिसम्म कांग्रेसको झण्डा मुनी देखिनु भएका भट्टराई एकै छिनमा राप्रपाको झण्डा लिएर देखिए पछि मान्छे चकित भए । १ नं. वडाध्यक्ष रोसन अधिकारीले पनि यसै गर्नु भएको थियो । झिनाे मतले उहाँ चुनाव हार्नु भयाे ।  दुई जना नेताहरुको पछि राप्रपको व्यानरमा ठूलो भिड नै बन्यो । सानो झुण्डमा रहेको राप्रपा एकाएक ठूलो समुह बनेको थियो ।  

मनोनयन दर्ता गरेर भट्टराई मैदानमा होमिनु भयो । २०५४सालदेखि कांग्रेसले जित्दै आएको १४ नं. वडामाकांग्रेस ट्क्रिए पछि एमाले मुस्कुराएको थियो । तर बैशाख ३०गतेको नतिजा भट्टराईको पक्षमा आयो । कतिले अवसरका लागि दल फेरेर उम्मेद्वार भएको भनेर कुरा काटे तर जनताको मन जित्न ठूलो दल होइन असल मान्छे, जनताको सेवक हुनु पर्ने रहेछ भनेर भट्टराईले प्रमाणित गरिदिनु भयो । 

 कृष्णप्रसाद भट्टराईले ९०५ मत प्राप्त गरि  फेरी दोश्रो कार्यकालका लागि वडाध्यक्ष बन्नु भएको छ । धरानमा अस्तित्व नै नभएको राप्रपाका एक मात्र जनप्रतिनीधि भट्टराई बन्न सफलहुनु भएको छ । उहाँका निकटतम  प्रतिद्वन्दी  ऐमालेका  उतम आलेले ६ सय २४ मत प्राप्त गर्नु भयो ।  भट्टराईले   २ सय ८१ मतको अन्तरले  आलेलाई पछि पार्दै निर्वाचित निर्वाचित हुनु भयो ।  उहाँ कांग्रेसले टिकट नदिए पछि दल परिर्वतनका लागि एमालेको सम्पर्कमा पनि जानु भएको थियो तर उहाँलाई एमालेले पत्याएन । नपत्याएको दललाई उहाँले दोश्रो बनाउनु भयो । भट्टराईसँगै नेकपा एमालेबाट महिला सदस्य झर्ना मुखिया पौडेलले ६९३ मत ल्याई निर्वाचित हुनु भएक्ँे छ । दलित महिला सदस्य  दुर्गा विश्वकर्माले ६९७ मतले निर्वाचित हुनु भयाे । । खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसबाट  रामकुमार तामाङले ७ सय ३१ मत प्राप्त गर्नु भयाे ।  कमल प्रसाद भट्टराईले ७ सय २१ मत प्राप्त गरि निर्वाचित हुनु भएकाे छ ।  

२०७४ को निर्वाचनमा भट्टराईले  १ हजार ७८ मत ल्याएर प्रतिपक्ष एमालेका झलक श्रेष्ठसँग ५३८ मतान्तरमा सानदार जीत हासिल गर्नु भएको थियो । लामो समय नेपाली कांँग्रेसमा लाग्नु भएका भट्टराई पार्टीको सिफारिसमा पहिलो नं।मा हुदा हुदैं वडाको टिकट श्याम श्रेष्ठको आए पछि उहाँ दल परिर्वन गरि मैदानमा आउनु भएको थियो । 

विजयपुर क्षेत्र कांग्रेसको पटक क्षेत्र हो । २०५४ यता कांग्रेसले एकलौटी चुनाव जित्दैं आएको थियो । चुनाव जित्न अव ठूलो दल होइन जनताको मन जित्न सक्ने सामान्य मान्छे् जो जनताको सेवक बन्नुपर्ने रहेछ भन्ने उदाहरण भट्टराईले देखाउनु भएको छ । अव पाँच बर्ष अधुरा रहेका जनताकोकाम गर्ने उहाँले बताउनु भएको छ ।  

याे पनि पढ्नुहाेस् :  अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई