धरान / मुसहर समुदायबाट सुनसरीको कोशी गाउँपालिकामा एक युवाले वडाध्यक्ष विजयी हुनु भएको छ ।   कोशी गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्र बाट २४ बर्षीय लालदेब सदा विजयी हुनु भएको हो । 

माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सदा आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र महतोलाई पराजित गर्दै वडा नम्बर ७ को वडायक्षमा निर्वाचित हुनु भएको हो । उहाँले ६११ मत ल्याउदै प्यानलसहित निर्वाचित हुदा निकटतम प्रतिद्वन्दी महतोले ४४२ मत मात्र ल्याउनु भएको थियो । पार्टी दलित समुदायको युवालाई टिकट दिएको थियो । सम्भव त मुसहर सुमदायबाट वडाध्यक्ष जित्ने उहाँ नेपाल कै पहिलो व्यक्ति हुन सक्नु हुने छ । 

 गाउँपालिका अध्यक्ष पदमा  भने नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका ऐयुब अन्सारीले निर्वाचित हुनु भएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार देवकृष्ण यादवलाई ११९९ मतले पछि पार्दै उहाँ अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यो उहाँको दोश्रो कार्यकाल हो । 

अन्सारीले जम्मा ६ हजार ४१६ मत प्राप्त गर्दै निर्वाचित हुनु भयो । निकटतम प्रतिद्वन्दी जसपा नेपालका यादवले ५ हजार २१७ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा समेत नेपाली काङ्ग्रेसको उम्मेदवार अनिताकुमारी यादव निर्वाचित हुनु भएको छ ।